म्याग्दी,१२ असार । समुन्द्री सतह देखी करिब दुई हजार ५ सय मिटर उचाईमा अवस्थित पर्यटकीय स्थल टोड्केमा रिसोर्ट संचालन गरिएको छ । जिल्लाको मंगला,रघुगंग गाउँपालिका र बेनी नगरपालिकाको संगम पर्यटकीय स्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालि संचालनमा ल्याइएको हो ।
टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि टोड्के हिल रिसोर्ट प्रालि संचालनमा ल्याइएको हो । टोड्के हिल रिसोर्ट प्रालीमार्फत निर्माण गरिएको रिसोर्टमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँ बढी लगानी गरेका छन् । रिसोर्टमा लगानी गर्नेहरुमा पूर्व झीँवासी, टोड्के, पूर्णगाउँ र डडुवाका स्थानीय वासिन्दा रहेका छन् भने अमेरिका, जापान, हङकङलगायत विदेशमा रहेकाहरुबाट शेयर लगानी गरिएको छ ।
पर्यटकीय स्थल संगै आलु,मुला र साग उत्पादनको पकेट क्षेत्र मानिएको टोड्केमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि रिसोर्ट संचालनमा ल्याइएको रिसोर्ट प्रालीका अध्यक्ष मिन बहादुर पाइजाले बताए । पर्यटकीय स्थल टोड्केमा सुविधा सम्पन्न आवास सहित अन्य भौतिक पुर्वाधार निर्माण नहुँदा पर्यटकलाई सास्ती हुने गरेको अध्यक्ष पाईजाको भनाई छ ।
सुविधा सम्पन्न रिसोर्ट संचालन संगै टोड्केमा घुम्न जाने पर्यटकलाई बसाईको लागि सहज भएको छ । यसैगरी टोड्केमा घुम्न आउने पर्यटकलाई लक्षित गरि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पुर्ण गाउँमा होमस्टे (घरवास )संचालनमा ल्याइएको छ ।
पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र टोड्केको पर्यटन प्रवद्र्धन गर्न तीन स्थानीय तहले पुर्वाधार निर्माण संगै विभिन्न कार्यक्रम संचालन गर्ने जनाएका छन् । गाउँपालिका संगको सहकार्यमा पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि भौतिक पुर्वाधार निर्माण संगै विभिन्न कार्यक्रम संचालन गर्ने बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जानकारी दिए ।
टोड्केको पर्यटन विकासमा सघाउने उद्धेश्यले टोड्के क्षेत्र विकास कोषको स्थापना गरि विभिन्न निकायको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिंदै आएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।
सदरमुकाम बेनी देखि सवारी साधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरुको अवोलकन गर्न सकिने टोड्के रिसार्ट प्रालीको संचालक समितिका सदस्य भिम शेरचनले बताए । टोड्केबाट दुई दर्जन बढी गाउँ संगै बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । टोड्केमा माघ र फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ ।
खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको आधुनिक सुविधासम्पन्न रिसोर्टमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, १० वटा टेन्ट हाउससहित करिब १ सय जनाको क्षमता रहेको छ ।
टोड्केमा सडक विस्तार लगायत रिसोर्ट संचालनमा आएपछि सदरमुकाम बेनीमा रहेका क्ल तथा विभिन्न संघ संस्थाहरुले टोड्केमा कार्यक्रम संचालन गर्दै आएका छन् । भने विदाको समयमा टोड्के घुम्न जाने विद्यार्थीको संख्या बढ्ढै गएको छ ।
Related News
सम्बन्धित समाचार
मनाङमा पर्यटक चहलपहल बढ्यो
पर्यटनको राजधानी प्रवर्द्धनमा गुरुयोजना बन्दै
रिन्जे नाँसामा घरबास प्रवर्द्धन
रिन्जे नाँसामा घरबास
आज मिनी सडक महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१