पाल्पा, १२ असार । पाल्पा जिल्लाका विभिन्न गाउँपालिकाले स्थानीयतहलाई फरक पहिचान दिन नीति तथा कार्यक्रममा फरक एजेण्डा समावेश गरेका छन् ।
यसैबीच तानसेन नगरपालिकासँग अन्तरपालिकास्तरीय सहकार्य गरेको बगनासकाली गाउँपालिकाले अगामी आर्थिक वर्षभित्र फुसरहित छानो र बालमैत्री गाउँपालिका बनाउने लक्ष्य लिएको छ । गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति, कार्यक्रम तथा बजेटमा बालमैत्री गाउँपालिका र फुसरहित छानो बनाउने अभियानलाई आगामी आर्थिक वर्षभित्र परा गर्ने लक्ष्य लिएको हो ।
बालबालिकाको क्षेत्रमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी कार्यक्रम समावेश गरेको पालिकाले नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउने लक्ष्य अनुरुप अगाडि बढेको गाउँपालिकाले आव ०७६÷०७७ भित्र पूर्णता दिनका लागि १ करोड रकम विनियोजन गरेको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।
यस्तैगरी नीति तथा कार्यक्रममा १ सय ३८ घरमा फुसको छाना हटाई जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले आर्थिक वर्ष भित्र पर्णरुपमा फुसरहित छानो बनाउने अभियान स्वरुप ३९ लाख रकम विनियोजन गरेको गाउँपालिका स्रोतले जनाएको छ ।
यसैगरी गाउँसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले नीति तथा कार्यक्रमहरू पारदर्शी ढंगले कार्यान्वय गर्नुपर्ने बताए । उनले स्थानीय सरकारको विकास नभएसम्म देशको विकास नहुने भएकाले सम्पूर्ण स्थानीय सरकारहरूले आफूले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरू पारदर्शी र जनमैत्री हुनेपर्नेमा जोड दिए ।
यस्तैगरी गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयका लागि सरोकारवालाहरूको सुझावलाई समेटेनी जनचासोका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाइने जनाए । उनले गाउँपालिकामा पूर्वाधार र अनुभवको परिपक्वता अझै पूरा भइनसकेको चुनौतीलाई अवसरमा रूपमा लिएर फरक शैलीमा सर्वपक्षीय सहकार्य गरेर कार्यक्रम अगाडि बढाइने जनजाए । गाउँपालिकाले सांसद विकास कोषमा छुट्याउने बजेटप्रति लक्षित गर्दै अध्यक्ष बस्यालले उक्त रकमको सही सदुपयोग हुन नसकेकाले सोही रकम स्थानीय सरकारलाई दिने हो भने केही हदसम्म भएपनि विकास निर्माणको कामले गति लिने बताए ।
सभामा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले अगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै चालु खर्च २४ करोड ३९ लाख र पूँजीगत खर्चतर्फ १४ करोड ५४ लाख ७ हजार ५ सय ६७ गरी ३८ करोड ९३ लाख ७ हजार ५ सय ६७ बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनले उज्यालो बगनासकाली अभियान, फुसरहित घर अभियान, ऐन कानुन निर्माण, न्यायिक समिति गठन र सवलीकरण, बालमैत्री स्थानीय शासन अभियान, कृषि विकासका लागि व्यवसायिकरण, आधुनिकिकरण र यान्त्रिकरणको शुरुवात, जनताको स्वास्थ्यमा विशेष चासो र पशुपंक्षी विकास एवं शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिएका प्रयासहरुलाई निरन्तरता दिईने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले विकास निर्माणका काममा परम्परागत शैली नभई आधुनिक साेंच आवश्यक रहेको बताए । उनले आधुनिक साेंचका साथ गाउँपालिका अगाडि बढेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई कार्यान्वय गरी व्यवहारमा उतार्नु महत्वपूर्ण रहेको बताए । कार्यक्रका सहभागीहरूले युवामैत्री, बालमैत्री र जेष्ठ नागरिक तथा महिला बालबालिकाप्रति गाउँपालिकाले योजनाको प्राथमिकीकरण गरी कार्यक्रम अगाडि बढाउन सक्नुपर्नेमा जोड दिएका थिए ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१