प्रहरीको बिद्यालय सम्पर्क कार्यक्रम

आदर्श समाज सम्वाददाता
असार १२, २०७६
police progrmme (3)

म्याग्दी ,१२ असार । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विद्यालय सम्पर्क कार्यक्रमलाई तिब्रता दिएको छ ।

यसैगरी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माध्यामिक विद्यालयका विद्यार्थीलाई बालबालिका माथि हुने हिंसा न्युनिकरण तथा कानूनी प्रावधानका बारेमा प्रशिक्षण गराइएको छ । मंगला गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहकार्यमा सो कार्यक्रम संचालन गरिएको हो ।

कर्याक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बालबालिका माथि हुने शारिरीक,मानशिक हिंसा र यौनजन्य दुव्र्यव्यबहारलाई न्युनिकरण गर्न विद्यार्थीको महत्वपुर्ण भूमिका हुने बताए । बाल अधिकारका बारेमा विभिन्न ऐन बनेपनि चेतनाको कमीले प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।गाउँपालिकाले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनिले बालबालिका माथि हुने शारिरीक,मानशिक हिंसा तथा यौनन्य दुव्र्यव्यबहार र कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कक्षा ९ र १० गरी ८५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै