सुन्दर बजारको बजेट ५४ करोड

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
SUNDARBAZAR

लमजुङ, ११ असार । सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि ५४ करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर जनकराज मिश्रले नगरसभामा नगरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल बजेट ५४ करोडको बजेट ३१ लाख २१ हजार रुपैयाँ भएको मेयर मिश्रले बताए । उनका अनुसार चालु बजेट ३९ करोड र पुँजीगत बजेट १५ करोड ३१ लाख २१ हजार रुपैयाँ रहेको छ । सुन्दरबजार नगरपालिकाका लागि संघीय सरकारले वित्तीय समानिकरण अनुदान १० करोड ६८ लाख रुपैयाँ प्राप्त हुने, गण्डकी प्रदेश समानीकरण अनुदान १ करोड २३ लाख ४६ हजार, संघ सरकार राजस्व ७ करोड २५ लाख , गण्डकी प्रदेश राजस्व ३९ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने र नगरपालिकाको आन्तरिक आम्दानी ९० लाख रुपैयाँ हुने मेयर मिश्रले बताए ।

उनका अनुसार प्रदेश सरकार समपुरक अनुदान ५० लाख अन्य मालपोत रजिस्ट्रेशन कृषि पशुपालन १ करोड, सडक बोर्ड ३५ लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ५० लाख सामाजिक सुरक्षा ७ करोड ५० लाख, संघ सरकार ससर्त आनुदान २ करोड २६ लाख बिनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले कृषि तथा पशुविकास कार्यक्रममा एक करोड ५० लाख, पर्यटनमा २२ लाख घरेलुु तथा स्वरोजगारमा १० लाख, भवनमा एक करोड ७५ लाख, सहकारीतर्फ एक लाख, शिक्षा क्षेत्रका लागि ४० लाख, राजस्व सुधार कार्यक्रम एक लाख विनियोजन गरेको मिश्रले बताए । त्यस्तै खेलकुदतर्फ १० लाख, स्वास्थ्यमा २० लाख, खानेपानी सरसफाईतर्फ ५० लाख, कला संस्कृति क्षेत्रमा तीन लाख, लैंगिक समानता तथा सामाजिक समाबेसीकरण कार्यक्रमका लागि २० लाख रुपैयाँ प्रक्षेपण गरेको मेयर मिश्रले उल्लेख गरे ।

उनका अनुसार लागत सहभागितामा आधारित नगर पूर्वाधार ५० लाख, अन्य पूर्वाधारका योजनाहरूमा एक करोड २० लाख, मर्मत सम्भार ३० लाख, वातावरण तथा बिपद ब्यबस्थापन ११ लाख, संस्थागत बिकास सेवा प्रवाह र क्षमता बिकास १० लाख, वडागत योजना ६ करोड ५ लाख, साना पूर्वाधार योजना ४४ लाख, फर्निचर खरिदका लागि १० लाख बजेट छुट्याइएको छ ।
प्रस्तुत नगरपालिकाको नीति तथा कार्यक्रम नगरबासी हामी सबै मिलेर सफल कार्यान्वयनमा जुट्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेले बताए ।

उनका अनुसार नीति तथा कार्यक्रममा समाबेस गरिएको गण्डकी प्रदेश सरकारले सुन्दरबजार नगपालिका भित्र उद्योग ग्राम स्थापना गर्न प्रारम्भिक अध्ययन गरेको छ । त्यसको लागि आवश्यक जमिन नगरपालिकाले उपलब्ध गराउन पहल गर्ने, पर्यटन प्रबर्धनका लागि सम्भावना भएका बस्तीहरूको पहिचान गरी होमस्टे कार्यक्रम कार्यन्वयन पहल गर्ने पाण्डेले बताए ।
नगरपालिकाको नीति र कार्यक्रममा बिषय वस्तुहरू अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै सुन्दरबजार चेम्बर अफ कमर्सले स्वागत गरेको सुन्दरबजार चेम्बरअफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनका अनुसार सुन्दरबजार नगरपालिका– २ स्थित परेवाडाँडामा विभिन्न उद्योगहरू स्थापनाको लागि सुन्दरबजार नगरपालिकाको नीति तथा कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा हो । अब यसको कार्यान्वयनमा सबै नगरबासी लाग्नु पर्छ श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width