दुर्गम गाउँमा विपद्को अभ्यास

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
IMG-20150503-WA0016a-e1430826490108

लमजुङ, ११ असार । नेपाल रेडक्रस जिल्ला शाखा लमजुङले जिल्लाको दुर्गम गाउँमा विपदको प्रयोगात्मक अभ्यास गराएको छ । दोर्दी गाउँपालिका– ४ देखि ९ नंबरसम्मका छवटा वडामा सो अभ्यास गरिएको हो ।

विपद् पूर्वसूचना बिना आउने र बर्षायाममा त्यसको जोखिम बढी हुनेहुँदा त्यसबाट हुने क्षतिलाई न्यून गर्नका लागि प्रयोगात्मक अभ्यास गरिएको रेडक्रस शाखाका फोकलपर्सन रश्मी तामाङले बताए ।
उनका अनुसार मूलतः अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र जेष्ठनागरिकलाई त्यस्तो बेलामा के कसरी सहयोग गर्न सकिन्छ र उनीहरूको पीडा कम गर्न सकिन्छ भन्ने उद्देश्यले सो प्रयोगात्मक अभ्यास गरिएको हो ।

विपद्का तालिम प्राप्त कर्ता स्वयम्सेवकहरूको मनोबल उच्च बनाउनु उक्त अभ्यासको अर्र्को उद्देश्य रहेको रेडक्रस शाखाका कार्यालय प्रमुख श्रीकान्त घिमिरेले बताए । उनका अनुसार सो गाउँपालिका ६ वटा वडामा एक एक दिनका दरले छ दिनसम्म विपदसम्बन्धी प्रयोगात्मक अभ्यास गरिएको थियो ।

उक्त अभ्यासमा रेडक्रसको जिल्ला शाखाका सभापति दीपक बराल, निवर्तमान सभापति नारायणप्रसाद घिमिरे, सोही शाखाका मन्त्री सुशीलचन्द्र अधिकारीले अनुगमन गरिएको फोकलपर्सन रश्मी तामाङले जानकारी दिइन । उनका अनुसार विपद्को प्रयोगात्मक अभ्यासको नेतृत्व सुशीला बराल र आनन्द श्रेष्ठले र प्रार्थमिक उपचारकको भूमिकामा विमला पौडेलले गरेकी थिइन् । उक्त अभ्यास कार्यक्रममा सो क्षेत्रका तालिम प्राप्त कर्ता ३८ जनाले भाग लिएको रेडक्रस शाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width