अन्नपूर्ण गाउँपालिका वडा ८, मोहोरियास्थित उमा माविमा तीनकोठे ट्रस भवन निर्माण गरी हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजनाको इकाइ कास्कीले आर्थिक वर्ष ०७४/७५ अन्तर्गत सो विद्यालयमा ट्रस भवन निर्माण गरेको थियो। इकाइका इञ्जिनियर प्रभात लामिछानेले विद्यालयलाई भवन निर्माण सम्पन्नसहितको प्रमाणपत्र हस्तान्तरण गरे।
समाजसेवी तथा शिक्षाप्रेमी कुलबहादुर गुरुङले सोमबार सो भवन उद्घाटन गरेका थिए।
कार्यक्रममा इकाइका सव–इञ्जिनियर सुशील अधिकारी, प्राविधिक, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका सदस्य, अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थित रहको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक बुद्धिबहादुर गुरुङ र सञ्चालन शिक्षक वासुदेव तिम्सिनाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१