सगरमाथा आरोही रोहित श्रेष्ठलाई कोलोराडोमा सम्मान

आदर्श समाज सम्वाददाता
असार १०, २०७६
64975965_654730198335416_6472032346567606272_n

कोलोराडो, १० असार । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल, कोलोराडो निवासी रोहित श्रेष्ठलाई सम्मान गरिएको छ ।

श्रेष्ठले गत मे १६ तारिकका दिन सगरमाथाको सफल आरोहणगरी कोलोराडोमा नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै यहा सकृय लङमन्ट हिमालयज् लायन्स क्लवको आयोजनामा आईतबार एक समारोहका बिच सम्मान गरिएको हो ।

लङमन्ट स्थित फायरहाउस आर्ट सेन्टरमा सम्पन्न भएको कार्यक्रकमा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि बुिद्धजीवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, तथा सर्ब साधारणको बाक्लो उपस्थिति रहेको थियो । यसरी उपस्थित हुने संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्ष्मण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल, ब्लड डोनर्स अफ अमेरिका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, नेःवाखलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्वितीय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ लायन्स क्याम्प फाउन्डेसन मेम्बर तथा आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदी लगायत अन्य पदाधिकारी र श्रेष्ठका परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सीप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गील, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, अध्यक्ष विकल पराजुली लगायतका ब्यातिहरुले आरोही श्रेष्ठलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

सम्मान पछि श्रेष्ठले सगरमाथा आरोहणगर्दाको अनुभव सुनाउदै, अमेरिकामा नेपालबाट आएको भनेपछि धेरैले सगरमाथा चढेको छस् भनेर प्रश्न सोध्ने गरेकोले, त्यसैबाट आफुलाई एक दिन सफल आरोहण गरेर देखाउने प्रेरणा मिलको बताए । त्यो लक्ष यस बर्ष पुरा गर्न सकेकोमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले कर्मथलोमा यसरी सम्मानीत हून पाउदा ज्यादै खुसीलागेको भन्दै आयोजक संस्था प्रति आभार ब्याक्त गरे । कार्यक्रममा सहभागीहरुले उनीसंग सगरमाथामा भएको प्रदुषण, लाग्ने खर्च, लाग्ने समय लगायतका जिज्ञासा राखेका थिए ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष विकल पराजुलीले नेपाल र नेपालीको शीर उच्चराख्न सफल रोहितलाई सम्मान गर्न पाउदा खुसीलागेको बताए ।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै