पोखरा, १० असार । कास्की जिल्लामा राज्यपक्षबाट छ महीनाको अवधिमा ६१ पीडित भएको सोमबार यहाँ सार्वजनिक गरिएको एक तथ्याङ्कमा उल्लेख छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्वसमीक्षामा सन २०१९ जनवरीदेखि जुनसम्ममा उक्त सङ्ख्या पीडित भएको सार्वजनिक गरिएको हो ।
इन्सेकको अभिलेखअनुसार कास्कीमा छ महीनाको अवधिमा विभिन्न समयमा गरी २४ विप्लव समूहका कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले कार्यक्रममा मानवअधिकारको अवस्था बुझ्न इन्सेकको मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजको रूपमा रहेको चर्चा गरे ।
कास्की जिल्लाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको तथ्याङ्क राख्न इन्सेकसँग आग्रह गर्दै उहाँले वैदेशिक रोजगारी जाने र तिनको अवस्थाबारे तथ्याङ्क पनि अब इन्सेकले राख्नुपर्ने विचार व्यक्त गरे ।
वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले बनेका कानूनको कार्यन्वयन हुन नसक्दा मानवअधिकारको अवस्था अझ जटिल बन्दै गएको बताए । जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमले मूल्यवृद्धिका कारण कैदीबन्दीलाई राज्यले प्रदान गर्दै आइरहेको सुविधा अपुग हुँदै गएको जानकारी दिए ।
जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मुक्तिनाथ सापकोटाले घटनालाई प्रहरीले ग्रहण गरिसकेपछि कसरी प्रक्रियामा अगाडि बढाइएको छ त्यसबारे पनि मानवअधिकारकर्मीको चासो रहनुपर्ने धारणा राखे । गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेश अध्यक्ष बीना सिलवालले मानवअधिकारको व्यावहारिक पक्षका बारेमा खोजी गर्न सुझाव दिए ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले स्थानीय निकाय र सरकारका काममा जनताको निगरानी आवश्यक रहेको उल्लेख गर्दै वर्ष पुस्तकमा ज्येष्ठ नागरिकका बारेमा तथ्याङ्क सङ्कलन गरिनुपर्ने धारणा राखे ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको सात महासन्धिमा आधारित रहेर घटनाहरु सङ्कलन गर्दै आइरहेको जानकारी दिँदै राज्य मानवअधिकारको विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत विष्णुमाया पौडेलले तथ्याङ्कमा धेरै घटना महानगर क्षेत्रभित्रै घटेको देखिएकाले आगामी दिनमा घटना न्यूनीकरणका लागि आवश्यक कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१