उज्यालोमा सडक वत्ती निभाउ अभियानमा भोलानाथ

Avatar आदर्श समाज सम्वाददाता
असार ९, २०७६

पोखरा, ९ असार । न उनले सरकारी तलव नै थाप्ने गरेका छन्, न त कुनै संस्थाबाट पारिश्रमिक नै पाउँछन, तर उनी दिनहुँ विहान र दिउँसोको समय विद्युत पोलमा बल्ने सडक वत्तीको स्वीच अफगर्न व्यस्त हुन्छन् ।

घरमा परिवारको जिम्मेवारी लिनु पर्ने वेला, उनको उमेर ३६ बर्ष पुगेको छ, नत उनी सम्पन्न परिवारका नै हुन्, उनले आफ्नो मनै भित्रैबाट सडकको पोलमा दिउसोको समयमा वक्ति वलेको देख्न सकेनन र सडक वत्ती समयमा बालौ र समयमै निभाउ भन्ने अभियान चलाउन शुरु गरे ।

पर्वतको पाङ घर भएका ३६ बर्षीय भोलानाथ सुवेदी पोखरा–८ सिमलचौरमा बस्छन्, चार बर्ष इराकमा रोजगारी गरेर आएका उनले पोखरामा सानो घर पनि निर्माण गरेका छन् । तर यतिवेला उनको अन्य कुनै आम्दानीको श्रोत भने छैन, घरमा आमा, पत्नी र छोराको पालनपोषणको जिम्मेवारी पनि उनकै काँधमा छ तर भोलानाथ विहान ७ बजे घरबाट निस्कन्छन र सडकमा बलेको विद्युत लाईट निभाउदै व्यस्त हुन्छन् ।

उनी दिनै पिच्छे फरकफरक टोलमा पुग्छन बिहान ९÷१० बजेसम्म विद्युत पोलका सडक वत्ती निभेका हुदैनन, उनले ति वत्ती निभाउछन् र नजिकै रहेका घरधनीलाई भेटेर भन्ने गर्छन, सडक वत्ती साँझमा बाल्नुहोस र विहान ६ बजे निभाउनुहोस् अर्थात सडक वत्ती समयमै बालौ समयमै निभाउ भन्ने सन्देश समेत छाडेर हिड्छन ।

कहिले रामवजार पुग्छन, कहिले महेन्द्रपुल त कहिले बगर गर्दै पोखराका शहरी वडामा सवैतिर डुल्ने गर्छन उनी, यो अभियान शुरु गरेको पनि चार बर्ष पुग्यो, आफ्नो अनुभव सुनाउदै उनले भने– सडक वत्ती निभाउने क्रममा एक बर्ष अघि पोखराको शान्तिनगर चोकमा उनलाई कुकुरले टोकेको छ भने केही वर्ष अघि विद्युत पोलमा करेण्ट लागेको छ ।

शहरका विभिन्न टोलमा पुगेर विद्युत पोलको वत्ती दिउसोमा निभाउनु होस भन्दा कुनै व्यक्तिले रामैसँग हुन्छ, भूलिएछ भन्छन केही स्थानीयले त हाम्रो घर अगाडि पोलको वत्ती निभाउः की न निभाउ वाहिरको मानिसलाई के सरोकार भनेर जवाफ समेत दिने गरेको गुनासो उनले सुनाए ।

विद्युत प्राधिकरणका निर्देशक कूलमान घिसिङको प्रभावबाट नै आफूलाई यस्तो सेवा गर्ने प्रेरण जागेको उनी बताउछन्, सडक वत्ती दिउसोमा बल्छन्,। स्वीच फूटेका छन् सडक वत्ती निभाउन सक्ने अवस्था छैन भन्ने सूचना विद्युत प्राधिकरणको कार्यालय र पोखरा महानगरपालिकामा दिँदा कर्मचारी हुन्छ भन्छन तर कुनै काम गर्दैनन्, विद्युतको पोलमा रहेको केही सडक वत्ती निभाउन नसक्ने अवस्थाको छन्, आफूले बर्षादको समयमा समेत हातमा करेण्ट पास नहुने सामाग्री प्रयोग गरेर त्यस्ता वत्ती निभाउने गरेको छु ।

सवैभन्दा वढी सडक वत्ती दुरुपयोग हुने शहरका मुख्य वजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सृजनाचोक, शहिदचोक, लेकसाइड क्षेत्र छ, सडक वत्तकिो मात्र बार्षिक महशुल पचासौ लाख रुपैयाँ पुग्छ, ति सडक वत्तीको सही सदुपयोग हुने हो भने त्यो महशुल ५० प्रतिशतले घट्ने भनाई उनको छ ।

 

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

हरितालिका तीजका अवसरमा सरसफाइ

आज क्वाँटी खाने दिन, यसरी बनाऔं

स्थानीय सरकारको जवाफदेहिता प्रवद्र्धन अन्तरक्रिया

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल