प्रहरीद्वारा गाँजा नष्ट

रासस
असार ९, २०७६
Gaza-dispose-by-Saptari-police

दमौली, ९ असार । तनहुँको ब्यास नगरपालिका–७ जलादीगाउँमा प्रहरीले तीन सय बोट गाँजा नष्ट गरेको छ । बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका तीन सय बोट गाँजा प्रहरीले आइतबार नष्ट गरेको हो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भमा स्थानीयवासीको सहभागितामा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

बारीमा उम्रिएको गाँजाका कारण युवाहरुको आवतजावत बढ्नसक्ने भएकाले स्थानीयवासीको सहयोगमा गाँजा फँडानी गरिएको प्रनाउ लामिछानेले बताए । उाले भने “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय चलिरहेको सन्दर्भमा स्थानीयवासीलाई लागुऔषध विरुद्ध सचेतना जगाउँदै गाँजा फँडानी गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ ।” गाउँघरमा स्थानीयवासीको बारीमा गाँजाका बोट उम्रिने गरेपछि स्थानीयवासीकै समन्वयमा प्रहरीले नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

स्थानीयवासीले आफूहरुले गाँजा नलागएको प्रष्ट पार्दै नष्ट गर्ने अभियानमा प्रहरीलाई साथ दिइरहेका छन् । प्रहरीले केही दिनअघि मात्रै भानु नगरपालिका–५ मैवलमा पनि गाँजाको बोट नष्ट गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width