स्टेप बाई स्टेपमा चित्रकला

Avatar आदर्श समाज सम्वाददाता
असार ९, २०७६

पोखरा, स्टेप बाई स्टेप माविले वार्षिक कार्यतालिका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीको चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा ४ र ५, कक्षा ३, कक्षा २ र कक्षा १ को छुट्टा छुट्टै समूह बनाई प्रतियोगिता गरेको हो ।

कक्षा ४ र ५ को समूहबाट स्नेहा धिताल प्रथम, पूजा सुनार द्वितीय, सन्तोष गुरुङ तृतीय र कोहिनिर भण्डारी तथा नमूना पौडेल चतुर्थ हुन सफल भएका थिए ।
कक्षा ३ मा जेसिका हमाल, रोहित पौडेल, सार्थक पौडेल र एन्ड्रिना गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ भएको थिए ।

कक्षा २ मा आयुषा लामिछाने, विनु गुरुङ, खगेश्वरी पौडेल र सुशान्त पराजुली क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल भएका थिए ।
कक्षा १ मा निमिसा तिमिल्सिनामा प्रथम, आरती थापा द्वितीय, रोशनी वाग्ले तृतीय र समीक्षा तिवारी चतुर्थ भएका थिए ।

कला शिक्षक वमबहादुर थापाले मूल्याङ्कन गरेको उक्त प्रतियोगिताको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख जगन्नाथ घिमिरेले गरेका थिए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

साहित्यमा बिपीको विशिष्ट योगदान

गायिका थापा सम्मानित

रवीन्द्र प्रतिष्ठान दलको भातृ संगठन नबनाउँ

गीताञ्जलीको २०० औं साधना प्रभात

कुलेश्वरमा भानुजयन्ती

प्रमुख समाचार

लेखनाथमा भ्यागुताको बिहे

थप प्रमुख समाचार