दुई युवती माथि १२ जना युवाले गरे वलत्कार

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
balatakar

बुटवल, ९ असार । रुपन्देहीको गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमकाका अधिकृत समेतको सम्लग्नतामा सामुहिक वलत्कार भएको छ ।

दुई जना युवतीलाई १२ जना युवाले वलत्कार गरेका हुन् । असार २ गते राती ८ वजे भएको घटना ढिलो गरि सार्वजनिक भएको हो । घटना विवरण अनुसार गैडहवा गाउँपालिकाका दुई जना युवती शर्मिला र प्रमिला (नाम परिर्वतन) लाई स्थानीय विष्णु थारुले खाजा खानकालागि नजिकै रहेको दलाल चोकमा बोलाए । वेलुका ५ वजे गएका प्रर्मिला शर्मिला विष्णु र अर्को एक जना विष्णुको साथीले होटलमा वियर सहित खाजा खाएपछि ८ वजेतिर घर फर्किन वाटो लागेका थिए । वाटोमा दुवैजना युवाले जवरजस्ती गर्न थालेपछि प्रमिला भागेर नजिकैको हसनापुर गाउँमा उद्धारको अपील गर्न पुगेको स्थानीयले बताएका छन् । उनले उद्धारका लागि आग्रह गरेपछि स्थानीय प्रकाश रिजालले अन्य ४ युवालाई पनि वोलाएका थिए ।

जसमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवाली पनि थिए । त्यसपछि प्रमिला सहित उनिहरु शर्मिला भएको स्थानतिर गएका थिए । तर वाटोमै उद्धारमा हिडेका युवाले प्रमिललाई जवरजस्ती गर्दछन् । प्रमिललाई का ४ जनाले र शर्मिलालाई ८ जनाले वलत्कार गरेर हिडेका थिए । सामुहिक वलत्कारपछि गम्भीर बनेका दुवै युवतीको समान्य स्वास्थ्य उपचार भएपनि शर्मिलाको अवस्था अझै ठिक भएको छैन ।

उनलाई छिन छिनमा रिंगटा लाग्ने खाना नखाने गरेका उनका आफन्तले बताएका छन् । गैडहवा गाउँपालिका वडा न ९ का अध्यक्ष टेकबहादुर वलाले निकै गरिव परिवारका युवतीहरु अन्यायमा परेको भन्दै न्यायका लागि स्थानीय सरकारले पूर्णरुपमा पहल गर्ने बताए ।

यता घटनामासम्लग्नहरु मध्ये अधिकाशं फरार रहेका छन् । पीडित युवतीको भनाई उद्धृत गर्दै स्थानीय दुर्गा बहादुर थापाले बताए अनुसार वलत्कारपछि उनीहरुले घटना सार्वजनिक गरे ज्यान मार्ने चेतावनी थिए । घटना विस्तारै सार्वजनिक भएपछि विष्णु थारु सहितका कतिपय युवा भागेका छन् । घटनामा गैडहवाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत ज्ञवालीलाई भने युवतीले किटानी जाहेरी दिएपछि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घटनाका मुख्य अभियुक्त भनिएका विष्णु थारुका वुवा कात्लु थारु स्थानीय नेकपाका नेता हुन् । उनैको सम्लग्नतामा युवाहरु भगाईएको भन्दै स्थानीय गाउँलेले आक्रोश व्यक्त गरेपछि उनले ३ दिन भित्र छोरालाई प्रहरीको हवला गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुरुमा घटना गुपचुप गर्न लागेका थिए । तर स्थानीयको चर्को विरोध भएपछि अधिकाशं गाउँलेले घटनामा सम्लग्न सबैलाई कारवाही गर्नु पर्ने बताएका छन् । युवतीले रातीको समय भएका कारण २,३ जना वाहेक अरुलाई नचिनेको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ ।…
  • मनाङमा पर्यटक चहलपहल बढ्यो

    रासस असाेज १८, २०८१
    मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मंगलबार मात्रै २ सय ८६…
  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने

    रासस असाेज १७, २०८१
    काठमाडौं । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५…
  • बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा, १७ असोज । बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार…

hero news full width