स्टेप वाई स्टेपका विद्यार्थी माँझ इन्दिरा

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
photo indra

पोखरा,८ असार । सानै उमेरदेखि उनले दुःख पाइन, ति दुःख संघर्षपूर्ण कार्यमा लगाउदै अगाडि वढिन्, समाजमा केही गर्नुपर्छ भन्ने भावना उनमा जाग्यो र उनले १३ बर्षको उमेरदेखि नै संघर्षपूर्ण जीवनसँगै समाज सेवाको बाटो पनि रोजिन र उनले जीवन समाज सेवाको बाटो नै बन्यो ।

झापामा जन्मिएकी इन्दिरा रानामगरले रोजिन दुःख पाएका र अनाथ वालवालिकको सेवा गर्ने बाटो । अहिले उनी देशमा वन्दी जीवन विताएका परिवारका वालवालिकाको पालन पोषण र शिक्षादीक्षा दिने कार्यमा तल्लिन छन् ।

४३ बर्षीया रानामगरले सामाजिक सेवा गर्न थालेको तीस बर्ष पुगेको छ । अहिले पनि उनको होम केयर सेन्टरमा अनाथ तथा जेलमा वन्दी विताइरहेका व्यक्तिका २०५ आश्रित वालवालिकालाई जेलबाट छुटाएर आवासीय रुपमा पालनपोशण र शिक्षादीक्षा प्रदान गरेकी छन् भने तीन सय जनालाई शिक्षादीक्षामा सहयोग ।

बन्दी सहायता नेपाल (पिए नेपाल) संस्थापक इन्दिरा रानामगर आइतवार पोखरा आइपुगेकी छन् । दाङ जिल्लाको कारागारमा चार जना वालवालिका आश्रित छन् भन्ने सूचना उनले पाइसकेकी छन् । उनी ती वालवालिकाको उद्धारका लागि आइतवार पोखराहुूदै दाङ हानिएकी छन् ।

पोखरा वस्दा आइतवार उनले पोखराको मासवार स्थित स्टेप वाई स्टेप वोडिङ स्कूकलमा विद्यार्थीलाई आफ्नो संघर्षपूर्ण जीवन र समाजिक सेवामा पुर्याएको योगदानको चर्चा गरिन् । विद्यालयका विद्यार्थीसंग अन्तरक्रिया गर्दै उनले भनिन्– जतिसुकै दुःख परेपनि आफ्नौ शैक्षिक योग्यतालाई अघि वढाउन ।

मानिसका जीवनमा अनेकौ प्रकारका दुःख कष्ट पर्छन ती दुःख कष्टलाई पन्छाउदै अगाडि वढ्न समेत उनले विद्यार्थीलाई आग्रह गरिन् । समाज सेवा र आत्म निर्भरतर्फ विद्यार्थी जुट्नु पर्छ उनले भनिन् । उक्त अवसरमा विद्यालयका संस्थापक रमाकान्त बराल र विद्यालयका प्राचार्य निर्मला बराल लगायतले आफ्नो आफ्ना भनाई राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै