दलित परिवारलाई सुधारिएको चुलो

आदर्श समाज सम्वाददाता
असार ८, २०७६
Stove. Cook stove. Modern kitchen stove with blue flames burning

तनहुँ, ८ असार । आर्थिक अवस्था कमजोर भएका रिसिङ गाउँपालिकाका २० घरधुरी दलित परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । दलित बस्तीका सर्वसाधारणको स्वास्थ्यको ख्याल राख्दै गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ को अनुदान तर्फ विनियोजित बजेटबाट रिसिङ २, ग्वास्लुङका २० घरधुरी दलित परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो।

आर्थिक रुपमा विपन्न गाउँपालिकाका दलित परिवारलाई विशेष प्राथमिकतामा राखेर सुधारिएको चुलोे वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘सुधारिएको चुलोको प्रयोगसंगै दलित घरपरिवारको घर धुँवा रहित हुनेछ।’ उनले भने, ‘सुधारिएको चुलोले दलित परिवारको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने छ।’

गाउँपालिकाले प्रति परिवार पाँच हजार मूल्य पर्ने सुधारिएको चुलोे दलित परिवारलाई अनुदानमा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए। सुधारिएको चुलोे प्रयोग गर्दा कम दाउरा लाग्ने भएकोले सामुदायिक वनको संरक्षणमा समेत सुधारिएको चुलो वितरणको अभियानले सहयोग पुग्ने उनले बताए ।
सुधारिएको चुलोेको प्रयोगले समयको बचत, स्वास्थ्य सुधार र दैनिक जीवन सहज बनाउने स्थानीय बासिन्दा थमन परियारले बताए ।

‘परम्परागत चुलोको प्रयोग गर्दा बढी धुवाँ आउदाँ आँखा दुख्ने, खोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या हुने गरेको थियो’ उनले भने, ‘अब त्यस्ता समस्याबाट मुक्त भयौ ।

Related News

सम्बन्धित समाचार

hero news full width