विवादले नगरसभा प्रभावित

रासस
असार ७, २०७६
Galeshwar_Mandir

म्याग्दी, ७ असार । बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन ।

दैनिकजसो विभिन्न उपसमितिको बैठक, बजेट, योजना र नीति तथा कार्यक्रमको बारेमा छलफल हुनुपर्ने अवस्थामा यहाँ जनप्रतिनिधिबीच एक महीनायता भेटघाट र छलफल हुन नसकेको नगर उपप्रमुख सञ्जु बरुवालले बताए । तोकिएको समयमा बजेट नल्याउँदा सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान घट्ने, नीति तथा कार्यक्रम र बजेट पारित नगरे नगरपालिकाको अन्य कामकारवाहीमा असर पर्र्ने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए ।

विसं २०७६ जेठ ३ गते विवाद भएपछि नगरप्रमुख हरिकुमार श्रेष्ठ कार्यालयबाट बाहिरिएका थिए । कार्यपालिका बैठकमा उपस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा शिक्षा, युवा तथा खेलकूद शाखामा गलेश्वर माविका जयराम सुवेदी र पौलत्स्य माविका मोहन बानियाँलाई राख्ने निर्णय गरेका थिए । गत जेठ ५ गते नगरप्रमुख श्रेष्ठले निर्णय पुस्तिकामा फरक मत राख्दै सो निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थियो । नेकपा सम्बद्ध जनप्रतिनिधिले विशेष नगरसभा बोलाउन माग गर्दै हुलाकमार्फत गत जेठ २७ गते नगरप्रमुख श्रेष्ठलाई पत्र पठाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width