अन्तर्राष्ट्रिय योग दिवसमा आध्यात्मिक प्रवचन

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
Orginal Phhoto

पाल्पा ६ असार । शुक्रबार पाँचौ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा तानसेनमा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भयो ।

ब्रह्मकुमारी ईवरीय विश्वविद्यालय तानसेनको आयोजनामा भएको कार्यक्रम योग सम्बन्धी सचेतना जगाउँदै स्वास्थ्य समाज निर्माण गर्ने उद्देश्यले योग फर हार्मोनी एण्ड पिस भन्ने मूल नाराका साथ मनाइएको आयोजक संस्थाका निर्देशक ब्रह्मकुमार भानुप्रकाश पौडेलले बताए ।

कार्यक्रममा बोल्दै तानसेन गरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले निरोगी बन्नको लागि योग साधना अनिवार्य भएको औंल्याइन । उनले योगले भक्तीभाव पैदागर्दै मानसिक र शारीरिक सन्तुलन कायम गर्न साथ दिने जनाइन । उपप्रमुख पाठकले राजयोग शिक्षाको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रियताका साथ लाग्न उत्प्रेरणा जाग्ने बताइन ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले योग साधनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने र आध्यात्मिक उर्जा पैदा गर्ने जनाए । उनले राजयाग मेडिटेशनको शिक्षाद्वारा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले जनजागृतिको कार्य गरेकोमा खुशी व्यक्त गर्दै गाउँपालिकाले मूल्यमा आधारित समाजको स्थापना गर्न मद्दत गर्ने योग शिक्षाको विस्तारमा आवश्यक सहयोग गर्ने बचन दिए ।

स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले मूल्यनिष्ठ समाजको निर्माणार्थ रचनात्मक कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरे । उनले आध्यात्मिकता र मेडिटेशनको माध्यमबाट मानिसलाई श्रेष्ठ भूमिका निर्वाह गर्ने मार्गदर्शन मिल्ने भएकाले नियमित योगसाधना सवैका लागि आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै ब्रह्मकुमारी शारदाले राजयोग सकारात्मक चिन्तको विकास गर्ने माध्यम भएकाले शारीरिक, मानसिक रुपमा सशक्त बन्न राजयोगलाई नियमित गर्नुपर्ने धारणा राखिन । संस्थाकी सञ्चालिका प्रेमाले दैनिक हुने राजयोग प्रशिक्षणमा विभिन्न संघ संस्थाको नियमित सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै निरन्तर सहभागिताको लागि अनुरोध गरेकी थिइन ।

Related News

सम्बन्धित समाचार

hero news full width