पोखरा, ६ असार । ७० औँ एसओएस बालग्राम अन्तर्राष्ट्रिय स्थापना बर्ष तथा एसओएसका संस्थापक प्रो. डा. हरमन माइनरको १००औँ जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा २२ स्थित लिला आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकूद सामाग्री प्रदान गरिएको छ ।
एसओएस बालग्राम पोखरा र एसओएस बालग्राम गण्डकीको संयुक्त आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत ८४ जना विद्ययार्थीलाई शैक्षिक सामाग्री वितरण गरिनुका साथै विद्यालयका प्रध्यानाध्यापक वेदनाथ बराललाई खेलकूद सामाग्री प्रदान गरिउको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा एसओएस बालग्राम गण्डकीका योजना निर्दैशक भगतकुमार श्रेष्ठले एसओएस सामाजिक सेवा केन्द्र अन्तर्गत बर्षेनी सयौँ बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिँदै आएको जानकारी गराउँदै सामाजिक संघसंस्थाहरु मात्र नभएर सामाजका प्रत्येक नागरिकले जुनसुकै अवस्थाका बालबालिकाकालाई विद्यालयसम्म पु¥याउन र टिकाई राख्न मद्दत गर्नुपर्ने धारणा राखे ।
उनले एसओएस बालग्राम बालबालिकाको सन्दर्भमा सबैसरोकारवालासँग हातेमालो गर्दै सहकार्य गर्दै जाने प्रतिवद्धता पनि ब्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक वेदनाथ बराल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बि.क,कार्यक्रम संयोजक तथा एसओएस बालग्राम पोखराका योजना निर्देशक लोब्साङ्ग ग्याल्सेले आफ्ना धारणा राखेका थिए ।
लिला आधारभूत विद्यालयका शिक्षक तारानाथ पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रमलाई एस एसओएस बालग्राम गण्डकीका सिनियर काउन्सिलर सुमन बरालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकर क्याम्पसमा अन्तरक्रिया
सातौं डायमण्ड रनिङ शिल्ड
गौरीशंकरमा सर्कल पुनर्गठन
अभिभावकमुखी शिक्षा प्रभावकारी बनाउन निर्देशन
त्रिविले दियो मौका परीक्षा
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१