Worldlink ads

पर्यटन व्यवसायी धार्मिक यात्रामा

Avatar आदर्श समाज सम्वाददाता
असार ६, २०७६
pokhara group

पोखरा, ६ असार । पर्यटन यातायात समिति, पोखराले पर्यटनसँग धार्मिक स्थल जोड्ने उद्देश्यका साथ धार्मिक स्थलको प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।

अघिल्लो वर्षदेखि विभिन्न स्थलको प्रवद्र्धनात्मक भ्रमण लगायतका कार्यक्रम थालेको समितिले यस वर्ष प्युठानको प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली , सिजी धाम लगायतका स्थलमा प्रवद्र्धनात्मक भ्रमण गर्न लागेको हो ।

धार्मिक एवम् ऐतिहासिक स्थलले पर्यटकीय रुपमा अत्यन्त महत्व राख्ने भएकोले शुक्रबारदेखि तीन दिने प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको पर्यटन यातायात समिति, पोखराका अध्यक्ष बबरजंग गुरुङले जानकारी दिए ।

समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको स्वर्गद्वारीको अवलोकन भ्रमणमा प्युठानी समाज, पोखराको समन्वय रहेको जानकारी दिदै उनले प्रवद्र्धनात्मक भ्रमणमा पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायत २७ जनाको सहभागिता रहेको बताए ।

उनका अनुसार अघिल्लो वर्ष समितिले रसुवागढी नाका सहित त्यस आसपासका क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरेको थियो । भ्रमणसँगै उक्त क्षेत्रबाट पर्यटकको आगमनमा सकारात्मक प्रभाव परेको गुरुङले बताए ।

प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको स्वर्गद्वारी नेपालका धार्मिक पीठ मध्येको महत्वपूर्ण तीर्थस्थल हो । यहाँ नपुगेसम्म हिन्दुहरुको तीर्थयात्रा नै पुरा हुदैन भन्ने मान्यता पनि छ । ऐतिहासिक रुपमा पनि यसलाई प्राचिन धार्मिक स्थल एवम् तपोभूमि मानिन्छ । परापूर्वक कालमा ऋषिमुनिहरूले यसै ठाँउमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्वारी अर्थात स्र्वगको ढोका भएको भन्ने किंवदन्ती छ ।

त्यस्तै अर्घाखाँची जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल सुपा देउराली हो । प्राकृतिक रमणीय स्थलमा रहेको यस मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । सिजी धाम पछिल्लो समयमा पअत्याधिक रुपमा पर्यटक पुग्ने गन्तव्य बनेको छ

भ्रमण टोलीलाई पोखरामा विदाइ गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थललाई प्रवद्र्धनका माध्यमबाट पर्यटन बजारमा ल्याउन सकिने भएकोले यस्ता प्रवद्र्धनात्मक कार्यक्रमले महत्व राख्ने बताए ।

बोर्डले पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा यस्ता कार्यलाई प्राथमिकताका साथ अघि बढाएको उनले बताए ।पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस्ता प्रबद्र्धनात्मक कार्यक्रमका माध्यमबाट पर्यटकीय स्थलहरूले पर्यटन बजारमा स्थान पाउने धारणा राखे ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads