लमजुङ । लमजुङमा सञ्चालन गरिका विभिन्न तालिमको अनुगमन गरिएको छ । एकिकृत समाज विकास नेपालद्वारा लमजुङमा सञ्चालन गरिएका लामो, मध्यम र छोटो अवधिका तालिमहरूको अनुगमन गरिएको हो ।
ती तालिम गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत सञ्चालित भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । सोही समितिको अगुवाईमा तालिमको अनुगमन समितिले अनुगमन तथा मूल्यांकन कार्य गरेको हो । बेसीशहरमा शाखा कार्यालय रहेको एकिकृत समाज विकास नेपाल (युएस्डी नेपाल)द्वारा बेसीशहर, मध्यनेपाल नगरपालिका र क्व्होलासोँथर गाउँपालिकामा ती व्यवसायिक सीपमुलक तालिम सञ्चालन भएका छन् ।
अनुगमन समितिले तालिमका सहभागीहरूसँग व्यवसायिक छलफल र अन्र्तक्रिया समेत गरेका थिए । बेसीशहर नगरपालिकामा मेटल चुरा बनाउने तालिम सञ्चालन भएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत मणिराम नेपालले बताए । उनका अनुसार क्व्होलासोँथर गाउँपालिकामा हाउस वाइरिङ तालिम, मुढा बनाउने तालिम र डलकुसन तालिम सञ्चालन भएको छ । यसैगरी, मध्यनेपाल नगरपालिकामा हाउस वाइरिङ तालिम, डलकुसन तालिम र बुटिक तालिम सञ्चालन भएको नेपालले जानकारी दिनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकामा कम्प्युटल तालिम, गुडिया तथा कुसन बनाउने तालिम र अगरबत्ती बनाउने तालिम सञ्चालन भएको छ ।
ती तालिम गण्डकी प्रदेश अन्र्तगत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र घरेलु तथा साना उद्योग विकास समिति लमजुङको आर्थिक सहयोगमा सञ्चालन भएका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत स्वरोजगार मूलक तालिम सञ्चालन भएको एकिकृत समाज विकास नेपालका कार्यकारी निर्देशक दीपक कार्कीले बताए । उनका अनुसार छोटा, मध्यम र लामो अवधिको तालिमहरू सिटिइभिटीको पाठ्यक्रम अनुसार रहेका छन् ।
एकिकृत समाज विकास नेपालले उद्यमशीलता विकास तालिमसँगै सामाजिक परिचालन, बजार श्रोत सम्भाव्यता अध्ययन, उद्यमी गठन, व्यवसायिक सीप विकास तालिम, मेशिन तथा औजारहरु हस्तान्तरण र बजारीकरणमा सहयोगसमेत गरेको प्रमुख उद्योग अधिकृत नेपालले बताए । संस्थाले लमजुङमा उद्यमी स्तरोन्नतितर्फ एक सय ४५ र नयाँ उद्यमी सिर्जनामा एक सय ७८ गरी तीन सय २३ उद्यमीहरूलाई सहयोग पुगेको छ कार्यकारी निर्देशक कार्कीले बताए ।
तालिम अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, घरेलु तथा साना उद्योग विकास समिति लमजुङका प्रमुख उद्योग अधिकृत मणिराम नेपाल, लेखापाल उद्धब पराजुली, प्रमुख प्रशिक्षक बन्दना आचार्य, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्ण आले लगायतको टोली गएको थियो ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
दशैँमा पिङको मज्जा
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१