छात्रालाई सेनेटरी प्याड

आदर्श समाज सम्वाददाता
असार ५, २०७६
pad 12

म्याग्दी, ५ असार । जिल्लाका दुर्गम गाउँका विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नजाने समस्या हटाउन त्यस्तो प्याड वितरण गरिएको हो । धवलागिरि गाउँपालिकाले विद्यालयमा पुगेर स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड प्रदान गरेको हो ।

गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडाका विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या हटाउन सेनेटरी प्याड वितरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन ।

महिनावारीको समयमा छात्राहरु विद्यालय अनुपस्थित हुने समस्याले उनीहरुको पढाईमा ठुलो असर पर्ने गरेको छ,अध्यक्ष पुनले भनिन् ।’ आधाभूत कक्षा आठ देखी कक्षा दश सम्मका ६ सय १४ जना किशोरीहरु मध्ये ५ सय १४ जनालाई सेनेटरी प्याड प्रदान गरिएको अध्यक्ष पुनले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजनामा…
  • गौरीशंकर क्याम्पसमा अन्तरक्रिया

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजामा क्याम्पसको स्तरोन्नति, विकास एवं विद्यार्थी भर्नादर वृद्धिलगायत विषयमा अन्तरक्रिया भएको छ । प्रतिनिधिसभा सदस्य…
  • सातौं डायमण्ड रनिङ शिल्ड

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    लेखनाथ । डायमण्ड मावि सातौं डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भयो । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी…
  • गौरीशंकरमा सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । बुधबार विद्यार्थी भेलाले…
  • अभिभावकमुखी शिक्षा प्रभावकारी बनाउन निर्देशन

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।…

hero news full width