पुनः निर्माणमा २२ करोड ६१ लाख खर्च

आदर्श समाज सम्वाददाता
असार ५, २०७६
Vakampa punnirman

लमजुङ, ५ असार । सदरमुकाम स्थित बेसीशहर नगरपालिकामा भूकम्पपछिको पुनःनिर्माणमा २२ करोड ६१ लाख रुपैया खर्च भएको छ । ०७२ सालको विनाशकारी भूकम्पबाट पूर्णरूपमा घर क्षति भएका लाभग्राहीरूको आवास निर्माणमा सो रकम खर्च गरिएको हो ।

नगरपालिकाभित्र भूकम्प पीडित लाभग्राहीको संख्या एक हजार दुई सय ८६ रहेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए । उनका अनुसार जसमध्ये अहिलेसम्म १ हजार २ सय ३८ जना लाभग्राहीले पहिलो किस्ता स्वरूप ६ करोड १९ लाख रुपैया पाएका छन् । त्यस्तै आठसय २० लाभग्राहीले दोस्रो किस्ताको १२ करोड ३० लाख रूपैयाँ र ४ सय १२ लाभग्राहीहरूले तेस्रो किस्ता स्वरूप चार करोड १२ लाख रुपैया वितरण भईसकेको छ ।

नगरपालिकामा निजी आवास पुनःनिमार्णका लागि प्राविधिक परिचालन गरेको करिव डेढ वर्षको अवधिमा सो उपलब्धी भएको नगरपालिकाका प्राविधिक ईञ्जिनियर अनोज चिलुवालले बताए । उनका अनुसार आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिनेको सख्यां ४ सय १२ मात्र छ । तर चार सय १८ लाभग्राहीले भने पहिलो किस्ता लिएर पनि हालसम्म आवास निमार्ण कार्य शुरु सम्म पनि नगरेको अनुगमनका क्रममा भेटिएको छ । त्यस्तै, लाभग्राही सूचिमा परेका ३० जनाले भूकम्पको पुनःनिर्माणका लागि प्राप्त हुने रकमको अनुदान सम्भौता समेत नगरेको इञ्जिनियर चिलुवालले जानकारी दिए ।

नगरपालिकामा निजी आवास पुनःनिर्माण हेर्नको लागि ६ जनाको दरबन्दी रहेको छ । तर पदपूर्ति भने ३ इञ्जिनियर, १ ओभरसियर र १ सवओभरसियर गरि ५ जना मात्र प्राविधिक रहेको नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । उनका अनुसार भूकम्प गएको चारवर्ष वितेपनि जिल्लामा आवश्यक प्राविधिक समयमै नखटाइनुले पुनःनिमार्ण कार्यले गति लिन नसकेको हो ।

लमजुङ जिल्ला २०७२ सालमा गएको भूकम्पको केन्द्र विन्दु रहेको गोरखा जिल्लाको पश्चिमतर्फ सीमा जोडिएको जिल्ला हो तर पनि मानवीय क्षति कम भएका कारणले भूकम्प प्रभावितको दोस्रो सूचि अर्थात १५औं जिल्लामा परेका थियो । त्यसै कारणले पनि प्राविधिक ढिलो परिचालन भएकाले पुनःनिर्माणमा ढिलाई हुन गएको जिल्ला समन्वय समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width