उपभोक्ता जागरण अभियान तथा बजार अनुगमन

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
Mad Nagako Saman (1)_Fotor

म्याग्दीको दोस्रो सदरमुकाम एवं व्यापारिक केन्द्रले परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा उपभोक्ता जागरण अभियान तथा संयुक्त बजार अनुगमन कार्यक्रम गरेको छ।

घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा उपभोक्ता अधिकारसम्बन्धी नीगिगत व्यवस्था र त्यसको कार्यान्वयन अवस्था, चुनौती र सरोकारवालाको भूमिकाविषयक अन्तक्र्रिया गरिएको थियो।

कार्यक्रममा स्थानीय व्यवसायीहरुले उपभोक्ता अधिकारसम्बन्धी ऐन नियमबारे जानकारीको अभाव र डिलरहरुले म्याद नाघेका सामान गाउँका पसलमा पठाउने गरेको गुनासो गरेका थिए। उनीहरुले उपभोक्ता अधिकारप्रति सचेत रहने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उपभोक्ताको हक र उनीहरुको हितसम्बन्धी नीतिगत व्यवस्थाबारे जानकारी गराएका थिए। उनले गुणस्तरीय वस्तु उत्पादन, स्वस्थ्य प्रतिस्पर्धा भएको बजार र उपभोक्ताले स्वस्थ्य वस्तु उपभोग गर्न पाउने अधिकार रहेको बताए।

ग्रामिण क्षेत्रमा उपभोक्ता अधिकारसम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका कार्यालय प्रमुख सरिता शर्माले बताइन्।

सो अवसरमा समितिले दरवाङको पक्की पुल नजिकै उपभोक्ता अधिकारसम्बन्धी सन्देशमूलक होडिङ बोर्डसमेत राखेको छ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष सन्तोष सुवेदी र म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाइका सभापति गोविन सिउथानीलगायत बोलेका थिए।

यस्तै, दरबाङ बजारमा एकीकृत बजार अनुगमन गरियो। मालिका गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरोकारवालाको टोलीले संयुक्त बजार अनुगमन गरेको हो।

घरेलु तथा साना उद्योग विकास समिति प्रमुख सरिता शर्माको संयोजकत्वमा, मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुसहित जनप्रतिनिधि, उद्योग बाणिज्य इकाइ समिति, इलाका प्रहरी कार्यालय दरबाङका प्रतिनिधिहरुको टोलीले विभिन्न ५१ वटा पसलको अनुगमन गरेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width