मिडिया काउन्सिल विधेयक विरुद्ध हस्ताक्षर संकलन

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
Ps Grg_Fotor

पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा भएको हस्ताक्षर संकलन अभियान। तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

लमजुङका पत्रकार मिडिया काउन्सिल विधेयकविरुद्ध हस्ताक्षर अभियानमा जुटेका छन्।

विधेयक फिर्ता लिन सरकारलाई दबाब दिन नेपाल पत्रकार महासंघले घोषित तेस्रो चरणको आन्दोलनअन्तर्गत हस्ताक्षर अभियानमा पत्रकार जुटेका हुन्। नारायणस्थान चोकमा व्यानरसहित पत्रकारले हस्ताक्षर अभियानको थालनी गरेका हुन्।

पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङको नेतृत्वमा शुरु गरिएको अभियानमा पूर्व अध्यक्ष कृष्ण केसी, संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, संघका उपाध्यक्ष कृष्ण आले, सञ्चारिका समूह अध्यक्ष शान्ता कमली सहितका पत्रकारले अभियानको थालनी गरेका हुन्।

अभियानमा नेपाल बार इकाइ अध्यक्ष कृष्णप्रसाद अधिकारी, नागरिक अगुवा दीपक बराल, बुद्धिसागर बराल, राजेन्द्र बोहोरासहितले ऐक्यबद्वता जनाउँदै हस्ताक्षर गरेका छन्।

महासंघ केन्द्रले सो विधेयक फिर्ता नहुँदासम्म आफ्नो आन्दोलन नरोकिने चेतावनी दिँदै जेठ २८ गते तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। तेस्रो चरणको दबाब आन्दोलनअन्तर्गत असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

hero news full width