भूकम्पका कारण चीनमा एघारको मृत्यु

रासस
असार ४, २०७६
a375d41d17384ff884ed200a3df16bd3-a375d41d17384ff884ed200a3df16bd3-5b486aea1ec24b2fb4a8c6ef981f816c_Fotor

चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ। देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो। स्थानीय समयानुसार १०.५५ बजे राती भूकम्प गएको थियो।

अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन्। आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ।

भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width