युवाका लागि लोक सेवा तयारी कक्षा

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
aa735d91e37e6d7f0d23de4ccfac36ce_Fotor

याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीलाई लोक सेवा तयारी तालिम प्रदान गरेको छ।

गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टी एजुकेशन सिर्भिस प्रालि बागलुङको व्यवस्थापनमा १७ दिने लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको हो।

तयारी कक्षा समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको बताए। तालिमले लोक सेवा आयोगको परीक्षामा युवाको आकर्षण बढाउनुका साथै सहभागीहरु निजामती सेवा प्रवेशमा सफल हुनसक्ने अपेक्षा लिएको बताए। गाउँपालिकाका युवालाई सरकारी सेवा प्रवेश सहज गराउनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५र०७६ को स्वीकृत बजेट नीति तथा कार्यक्रममार्फत कक्षा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

तालिममा राजप्रजातान्त्रिक द्वितीय श्रेणी (खरिदार) को पाठ्यक्रमबारे प्रशिक्षण दिइएको थियो।

सहभागीलाई लोक सेवा पाठ्यक्रम, शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइएको थियो। तालिममा उत्कृष्ट भएका दिनेश ढकाल र ऋतु नेपाललाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा सहभागीतर्फबाट ढकाल, नेपाली र सोनिया आचार्यले लोक सेवा तयारी कक्षाले आफूहरुलाई धेरै ज्ञान मिलेको र लोक सेवा पढ्नुपर्दछ भन्ने प्रेरणा मिलेको बताए।

तालिममा ३५ जना युवायुवती सहभागी थिए। तालिमको सहजीकरण गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, लेखा अधिकृत लेखनाथ अधिकारी, जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र बागलुङका प्रेम शर्माले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै