गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हतियार सहित १ जना भारतीय नागरिक पक्राउ परेका छन्।
खुलेयाम झोलामा हतियार राखेर भैरहवाबाट पोखरा जान हिडेका उनलाई मंगलवार रुपन्देही प्रहरीले नियन्त्रण लिएको छ। भैरहवास्थित विमानस्थलमा रहेको एक्सरे मेसीनबाट झोलाको चेकजाँच हँुदा हतियार रहेको खुलेको हो।
रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाका अनुसार भारतको लखनउ घर भएका ५० वर्षीय उमेश शुक्लाको झोलाबाट मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल र ११६ राउण्ड गोली बरामद गरिएको हो।
झोलामा पेस्तोल भेटिएपछि विमानस्थलमा एकछिन कर्मचारीहरु अलमलमा परेका थिए। निर्धक्क झोलामा हतियार राखेर हिडेको देखेपछि उनीहरुले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।
शुक्ला भैरहवाबाट दिउँसो १ बजेको बुद्ध एयरवाट पोखरा जानका लागि टिकट लिएका थिए। प्रहरीको प्ररम्भिक अनुमान अनुसार उनी घुम्नका लागि भन्दै पोखरा जान लागेको बुझिएको छ। तर हतियार नै भेटिएपछि उनको सम्पर्क आपराधिक समूहसँग पनि भएको हुन सक्ने अनुमान गरिएको छ।
Related News
सम्बन्धित समाचार
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७