मापदण्ड भित्रको पर्खाल भत्काइयो

Avatar आदर्श समाज सम्वाददाता
असार ३, २०७६

पोखरा ३ असार । पोखरा–१२ चापापानी स्थित मार्फा थकाली समाज घरको पर्खाल भत्काइएको छ ।

सडक विस्तार गर्ने क्रममा पोखरा महानगर पालिकाले मंगलवार उक्त पर्खाल भत्काइदिएको हो । मापदण्ड छोडेर कम्पाउड लगाउन पोखरा महानगरपालिका १२ नम्वर वडा कार्यालयले पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि पर्खाल भत्काइएको वडा नं १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले बताए ।

उक्त सडक विस्तारका लागि महानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजना गरेको छ । समाज घरको पर्खाल अत्यन्त जिर्ण रहेको र स्थानीयलाई हिड्न समेत डर भएकोले स्थानीयको आग्रहमा पर्खाल भत्काइएको वडा अध्यक्ष कार्कीले बताए ।

पर्खाल भत्काउने क्रममा पोखरा महानगरपालिका १२ का अध्यक्ष कार्की, वडा नं ११ का वडा अध्यक्ष मोहन बास्तोला र १३ न. का वडा अध्यक्ष दर्शन लामा सहितको उपस्थिति रहेको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

हरितालिका तीजका अवसरमा सरसफाइ

आज क्वाँटी खाने दिन, यसरी बनाऔं

स्थानीय सरकारको जवाफदेहिता प्रवद्र्धन अन्तरक्रिया

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल