सञ्चयकोषको सेवा विरौटाबाट सुरु

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
sanchaya kosh office

पोखरा, ३ असार । पोखरा–९, नयाँबजारबाट सेवा प्रवाह गर्दै आएको सञ्चय कोषले असार १ गतेदेखि पोखरा–१७, विरौटा स्थित भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।

नयाँवजारमा रहेको कार्यलय पुरानो भएकोले अत्याधुनिक सुविधा सहितको कार्यालय भवन वनाउनको लागि पोखरा– १७ विरौटास्थित आफ्नै भवनबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख दिलीपराज पौडेलले वताए ।

कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्तालाई उपलब्ध गराइने सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउदै जाने नीति अनुरुप वि.सं. २०५३ सालमा पर्यटकीय नगरी पोखरामा स्थापना भएको उक्त शाखाले गण्डकी प्रदेशको गण्डकी र धौलागिरि अञ्चलमा रहेका १० जिल्लाहरुलाई समेटेको छ ।

कार्यालयले कोषकट्टी एवम् विशेष सापटीको फाँटवारी संकलन, जम्मा रकमको ८० प्रतिशतसम्म विशेष सापटी, धितोमूलक सापटीहरुमा घर सापटीतर्फ वढिमा १ करोडसम्म, शैक्षिक सापटीतर्पm १० देखि २५ लाखसम्म, घर मर्मत सापटी तर्फ वढिमा २५ लाखसम्म प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी सञ्चयकर्ताहरुलाई सामाजिक सुरक्षा सुविधाहरु अन्र्तगत दूर्घटना क्षतिपुर्ति योजनातर्फ बढीमा २ लाखसम्म, संचयकर्ताको मृत्यु भएमा हकवालालाई काजक्रिया खर्च ४० हजार अनुदान, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गत ७ हजार पाँच सय शाखाबाट उपलब्ध गराउदै आएको प्रमुखले वताए ।

Related News

सम्बन्धित समाचार

hero news full width