स्याङ्जा, ३ असार । जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ ।
नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन ।
महीनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताए । अनमी शर्माले भने “१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरुसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन ।” श्रीमान वैदेशिक रोजगारीमा भएका महिलाहरु बढी आउने गरेको शर्माको भनाइ छ ।
जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त सरापको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरु कहाँ आउने गर्दा रगत कमि लगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।
परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसहरुमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत घएका छन । चालू आर्थिक वर्षमा ८८४ जनाले गर्भपतन गराएका छन । जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३२७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका रहेका छन भने २९१ जना २० वर्षभन्दा माथिका रहेको सो केन्द्रले जनाएको छ ।
ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीहरुले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१