अस्पतालमा गोली प्रहार पाँचको मृत्यु

rss रासस
असार ३, २०७६

इस्लामाबाद,३ असार । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ । सोमबार अबेर राती जिल्ला प्रमुख कार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।

यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ । घाइतेहरुमा थप ती जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

करेण्ट लागेर २ को मृत्यु, १ घाइते

देवि ढकाल मृत फेला

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल