वागलुङ कालीका गुठीका रूख गणना गरिदै

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
Rss_Images_1552295617023_ROS_KTM_RSS_IMG_1373-1

बागलुङ, ३ असार । बागलुङको प्रसिद्व धार्मिक शक्तिपीठको रुपमा परिचित कालीका भगवती मन्दिर परिसरमा भएका रूखको गणना शुरू गरिएको छ ।

कालीका भगवती गुठी ब्यबस्थापन समितिले करिब १९० रोपनी क्षेत्रफल भित्रको जग्गामा रहेको बन भित्रका विभिन्न जातक रूखको गणना गरेर नम्बर लगाउने कार्य शुरु गरेको हो ।
सयौं बर्ष पुरानो जंगल भित्र रहेको सल्ला, साल लगायतका विभिन्न जातका रूखमा नम्बर लगाउने कार्य भएको कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

करोडौं मूल्य पर्ने बहुमूल्य जातका रूख गुठीको सम्पत्ती भएकाले संरक्षण गर्न गणना शुरु गरिएको हो । जिल्ला वन कार्यालय वागलुङसंग समन्वय गरेर गुठी मातहतको जंगलमा के कति मूल्य पर्ने रूखहरू छन भनी तथ्यांक राख्न सजिलो होस भनेर नै ति रुख गणना र नम्मरिङ गर्न शुरु गरिएको हो ।

बागलुङ नगरपालिका–१ मा रहेको उक्त धार्मिक गुठीलाई सरकारले गठन गरेको कालीका भगवती गुठी ब्यबस्थापन समितिले ब्यबस्थित गर्दै आएको छ । समितिले मन्दिरमा दैनिक पूजा–अर्चनाको प्रवन्ध मिलाउनुका साथै धार्मिक तीर्थस्थल कालीका भगवती मन्दिरलाई धार्मिक पर्यटकीय रुपमा समेत विकास गरेको छ । गुठीले बार्षिक रूपमा दुई करोड भन्दा बढी रकम आम्दानी गर्ने गरेको छ ।
राजेशचन्द्र राजभण्डारी

Related News

सम्बन्धित समाचार

hero news full width