किस सिन नदिने सलमान

एजेन्सी
असार ३, २०७६
salman khan

सलमान खान बलिउडका स्टार हुन्। उनका फ्लप चलचित्र खोज्न समय लाग्छ। उनको नामले मात्र पनि बलिउडमा चलचित्रले रेकर्ड तोड व्यापार गरिरहेका हुन्छन्।

यतिबेला उनी अभिनित चलचित्र भारतले बलिउडमा तहल्का मच्चाइरहेको छ। चलचित्र भारतले धेरै रेकर्डहरु पनि तोडिरहेको छ। यसैबीच सलमानले केही कुरा भनेका छन्।

सलमानले अहिलेसम्म चलचित्रमा किस सिन दिएका छैनन् र उनी आफ्नो चलचित्रमा त्यस्तो सिन कहिल्यै पनि नहुने बताउँछन्।

त्यतिमात्र नभएर सलमान उनी अभिनित चलचित्रमा नायिकालाई धेरै छोटा कपडा लगाउन पनि दिँदैनन्।

चलचित्र एक था टाइगरको छायांकन समयमा कट्रिनाले छोटो कपडा लगाएर आउँदा सलमानले उनलाई थप्पड हानेका थिए। यो कुराले उनी आलोचितसमेत बनेका थिए। सलमान आफ्नो चलचित्रमा नायिकाले अङ्ग प्रदर्शन गरेको मन नपराउने बताउँछन्।

सलमानले आफूसँग काम गर्ने अभिनेत्रीलाई यो कुराको जानकारी पनि दिएका हुन्छन्। उनी आफ्नो चलचित्रमा कहिल्यै पनि अङ्ग प्रदर्शनको सिन नहुने भएकाले नायिकालाई त्यो कुराको जरुरत नपर्ने पनि बताउँछन्।

Related News

सम्बन्धित समाचार

hero news full width