दुर्घटनामा बुलिङटारका सन्यासीको मृत्यु

आदर्श समाज संवाददाता
असार ३, २०७६
Bus-accident-1

नवलपरासी, ३ असार । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १० मा भएको दुर्घटनामा परी एक जनाको निधन भएको छ । एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति गैडाकोट १० मा नारायणगढबाट बुटवल आउँदै गरेको लु १ ख ८३२६ नम्बरको बसले ना ३३ प ८७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बुलिङटार गाउँपालिका–३ बस्ने मोटरसाइकलमा सवार ५२ बर्षीय वीरेन्द्रनन्द सन्यासीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बुलिङटार–३ का ३७ बर्षीय विष्णु निर्मल गिरी र सन्यासी घाइते भएकोमा नयाँ मेडिकल कलेज चितवनमा सन्यासीको उपचारको क्रममा निधन भएको हो ।चालकको उपचार भईरहेको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width