स्वतन्त्र कास्कीमा सल्लाहकार चयन

विधेयकमा विवादास्पद बुँदा विषयक अन्तरक्रिया आज

तीलक थापा
असार ३, २०७६
swatantra 1

स्वतन्त्र पत्रकार संघको शनिबार सम्पन्न बैठकले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको हो।

जसमा संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज पत्रकार विश्व शाक्य, नारायण कार्की, दुर्गा अधिकारी र शाखाका निवर्तमान अध्यक्ष कृष्ण थापालाई चयन गरेको छ।

यस्तै बैठकले संस्थाका शुभेच्छुक तथा युनाइटेड रेफरेन्स ल्याबरोटरीका प्रबन्ध निदेर्शक ठाकुर पन्तलाई परेको मातृशोकमा शोकसमेत व्यक्त गरेको छ।

संघका पदाधिकारीले शोकसन्तप्त परिवारजनलाई भेटेर शोक वक्तव्य जारी गर्दै असल आमा चोला कुमारीको भौतिक चोलाको अन्त्यले समाजमा अपूरणीय क्षति पुगेको भनिएको छ।

यसैगरी बैठकले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयकका विषयमा मंगलबार अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

समसामयिक विषयमा वहस चलाउँदै आएको सयपत्री समाजकको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको समन्वयमा मिडिया काउन्सिल विधेयकका विवादास्पद बुँदा विषयमा कार्यपत्रसहितको अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।

बैठक संघका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width