नेपाल मुस्लिम संघ पोखरा गठन

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
muslim samitee_Fotor

मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाँको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ।

समिति उपसभापतिमा लिल्ला मियाँ, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मियाँ, कोषाध्यक्षमा तैयव अली मियाँ, सहकोषाध्यक्षमा रविना खातुन छन्।

समिति सदस्यमा इर्साद मियाँ, साइद मियाँ, फैसल अलि मियाँ, ईमान मियाँ, मेहबुब मियाँ, वजिर अह्मद, नइम मियाँ, अरफात मियाँ, अब्दुल वहिद मियाँ, मस्हुद मियाँ, इक्बाल मियाँ छन्।

प्रमुख अतिथि नेपाल मुस्लिम संघ कास्की अध्यक्ष हारुन खानले सबै मुस्लिम एक भई अघि बढ्नु पर्ने बताए। हामीबीच एकता आवश्यक छ, ’ उनले भने, ‘एकता नै बल हो।’

Related News

सम्बन्धित समाचार

hero news full width