लेखनाथ हाडवयर्स एशोसिएसनले आफ्नो पाँचौं स्थापना दिवस अवसरमा भण्डारढिकमा रहेको कर्मत्रियन धर्मचक्र बौद्ध विहारलाई सहयोग गरेको छ। संस्थाले आइतवार आफ्नो स्थापना दिवस पारेर गुम्वाका लागि खाद्यान्न र भिक्षु विद्यार्थीका लागि स्टेशनरी सामग्री सहयोग गरेको हो। संस्थातर्फबाट सामूहिकरुपमा कर्मत्रियन धर्मचक्र बौद्ध विहार संचालक समिति अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ र गुम्बाका गुरु लामा तप्केलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
एशोसिएसन अध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र ओझा, कार्यक्रम संयोजक शिवराज अधिकारी, गुम्वाका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, आमा समूह अध्यक्ष बुद्धिमाया गुरुङ र गुम्बाका गुरु लामा तप्केले बोलेका थिए।
संस्थाका महासचिव ऋषिराम जमरकट्टेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सल्लाहकार भक्तबहादुर केसी र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मानव मिलन संस्था लेखनाथमा प्रेम बराल
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१