प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

रासस
असार ३, २०७६
Narendra Modi Photo_Fotor

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन्। उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका हुन्।

सोमबार नै अस्थायी सभामुख चुनिएका वीरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद सदस्यको सपथ गराइएको थियो। भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो। संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिएका हुन। नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन्। सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ।

लोकसभाका सदस्यका रुपमा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले भने सपथ लिएका छन्। लोकसभाको सभामुखको चयन भने जुन १९का दिन हुनेछ। राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्ने छन्।

नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width