इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

रासस
असार ३, २०७६
DSC_1045-1200×798

मुग्लिन, ३ असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिए । १४ लाख रुपैयाको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष रानामगरले बताए ।

वडा कार्यालयले अहिले यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गरिरहेको उनको भनाइ छ । गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले वडा नं ४ मा बन्दै गरेको बालगृहलाई गाउँपालिकास्तरीय बनाउने विषयमा छलफलसमेत भएको जानकारी दिए । अहिले गाउँपालिकाभित्र रहेको बाबुआमा नरेहका बालबालिका, अशक्त, गरीबी अर्थाभावका कारण जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र त्यसैका आधारमा आवश्यकताअनुसार बालगृह संरक्षण केन्द्रलाई क्षमता बढाउँदै लैजाने उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width