पोखरा, २ असार । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको आर्थिक बर्ष २०७६। ०७७ को बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुने बताएका छन् ।
प्रदेश सभामा प्रस्तुत बजेट सम्वन्धमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सोमवार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले बजेट कार्यान्वयन सहजरुपमा गर्न सकिने बताए ।
अघिल्लो आर्थिक बर्षमा केही महत्वपूर्ण आधार तयार भैसकेका कारण यस आवमा विकास निर्माणले गतिलिने उनको दावी छ । आन्तरिक राजश्व संकलनलाई प्रभावकारी बनाईनेमा जोड दिंदै उनले यातायात, पर्यटन, कृषि लगायतका क्षेत्र राजश्व संकलनका लागि सरकारको प्राथमिकतामा रहेको बताए ।
गण्डकी प्रदेशमा गुडने ६० देखि ७५ प्रतिशत यातायातका साधन अन्यत्र दर्ता भएको बताउँदै मन्त्री गुरुङले ती साधनलाई यही प्रदेशमा दर्ता गर्न लगाउने र त्यसका लागि २५ प्रतिशत राजश्व छुट दिने व्यवस्था गरिएको उनले सुनाए ।
नयाँ दर्ता एवम् नविकरण समेत गरि सरकारले तीन अर्ब २८ करोड राजश्व संकलन लक्ष्य राखिएको उनको भनाई छ । प्रदेशमा छ अर्ब भन्दा बढी घाटा आन्तरिक राजश्वबाटै पूर्ति गर्ने लक्ष्य राखिएको स्पष्ट पार्दै उनले यस बर्ष पाँच अर्ब रुपैयाँ उठाउने योजना रहेको कुरा सुनाए ।
विकास निर्माणलाई प्रभावकारी बनाउन विकास प्राधिकरण गठनको सोच बनाएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय गौरव एवम् महत्वका योजना सम्पन्न गर्न सघाउ पुग्ने छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रका लागि दुई करोड छुट्याइएको बताउँदै मन्त्री गुरुङले त्यसमा प्रत्यक्ष एवम् समानुपातिक दुवै प्रदेश सभा सदस्यको भूमिका रहने स्पष्ट पारे ।
गण्डकी प्रदेशमा दुई हजार एक सय दरवन्दी कायम भएपनि अहिलेसम्म नौ सयको हाराहारीमा मात्र कर्मचारी व्यस्थापन भएको उल्लेख गर्दै उनले बजेट कार्यान्वयन एवं छिटोछरितो सेवा प्रदान गरि जनतालाई सुविधा दिन करारमा भएपनि कर्मचारी थप गरिने जानकारी दिए । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ का लागि ३२ अर्व १३ करोड ४७ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ ।
Related News
सम्बन्धित समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७