लेखनाथ ,२ असार । प्राकृतिक रुपमा सुन्दर मात्र छैन, विश्वकै पर्यटकीय दृष्टिकोणले पनि पोखरालाई उत्कृष्ट ठाँउका रुपमा लिने गरिएको छ, पोखर ताल र गुफामा धनी छ, शहरी क्षेत्र भित्र नौ वटा ताल छन्, तालको विकाससँगै तालबाट मनग्य आन्दानी लिन सकिने प्रसस्तै बाटाहरु छन तर अधिंकाशं ताल संरक्षणकौ अभावमा लोप हुने अवस्थामा छन् ।
कुनै तालमा घाँसे मैदान,कुनैको मध्य भागमा मन्दिर छ, कुनै ताल सीमसार त कुनै दलदले त कुनैमा कमल फूलले ढाकेको छ । स्थानीय रुपमा जुनसुकै पार्टीका सरकार भएपनि ताल संरक्षण र विकासका कुरा उठ्ने गर्छन, ताल संरक्ष्णका कुरा उठ्न थालेको पनि पचासौ बर्ष पुग्यो तर संरुक्षण सक्रियता र प्रभावकारी काम अहिलेसम्म हुन सकेको छैन ।
पछिल्लो सयम यहाँको रुपा ताल र फेवातालमा बजेट विनियोजन गरिएको भएपनि अन्य तालहरु संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने शहरी क्षेत्र वाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन् ।
पोखराकै अत्यन्तै रमणीय क्षेत्र घाँसे मैदान र हरियाली वनको फेदीमा रहेको पोखरा–२६ को गुँदे ताल पनि संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । तत्कालीन लेखनाथ नगर पालिकाले वि.स. २०५४ सालमा सात तालको बाटिका शहरको रुपमा विकास गर्ने योजना ल्याइएको भएपनि संरक्ष्णका लागि कुनै कार्य अगाडि वढ्न सकेका छैनन ।
ताल नै लोक हुने हो की भन्ने चिन्ता स्थानीयको छ, ताल वरपरका जग्गा धनिले समेत तालको जग्गा अतिक्रमण गर्ने कार्य भइरहेको छ, स्थानीय कुलदीप बराल भने– तालको अस्थित्व नै मेटिन लाग्दा ताल हो भनेर चिनाउन नै नसकिने अवस्थामा पुगेको छ ।
गुँदेताल लोप हुने अवस्थामा पुगेको र सरकारको तर्फबाट पनि संरक्षणमा कुनै कदम अगाडि नवढेपछि स्थानीय नै यतिवेला ताल संरक्षणमा जुटेका छन् । कास्कीमा रहेका नौ वटा तालमध्ये तीनवटा खास्टे, न्यूरेनी र गँुदे ताल पोखरा महानगरपालिाको २६ नं वडामा पर्छन् ।
अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्नका लागि प्रयोगमा आउने गुँद पाईने भएकाले परापूर्व कालदेखि नै उक्त तालको नाम गुँदे रहदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिए ।महानगरपालिका भएपछि पनि यी तीनैवटा तालहरु एउटै वडामा पर्ने भएकाले तीन तालको वडा भन्न सकिने र तालको संरक्षणमा सरोकारवाला र स्थानीय निकाय जवाफदेहि हुने पर्ने तर्क वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालको छ ।
तालवरपर घाँसे मैदान भएकाले यसलाई चराहरुको वासस्थानको रुपमा विकास गराउन उपयुक्त छ तर पोखरा महानगरले चराको वासस्थानको रुपमा विकास गर्न कुनै चासो देखाउदैन अव सरकारको मुख ताक्नु भन्दा स्थानीय नै ताल संरक्षणमा नै जुट्न थालेको स्थानीय दुर्गा अधिकारी बताउछिन ।
यतिवेला गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति तालको संरक्ष्णमा जुटेका छन् । ताल संरक्षण अन्तरगत पहिलो चरणमा ताल वरपरको सिमाङकनका साथै वरपर फूटट्याक निर्माण गर्ने कार्य अगाडि वढाइएको छ, भने तालमा माछाका भुरा छाड्ने कार्य पनि शुरु गरिएको छ ।
विश्व संम्पदामा रामसार सूचिमा सूचिकृत गुँदे तालको संरक्ष्ण र विकासमा स्थानीय नै जुटेपछि पोखरा महानगर, वन, कार्यालय र हरियो नन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न शुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष सूर्य भण्डारीले बताए ।
वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण सागुरिदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहेपनि जल क्षेत्र भने न्यून मात्रमा रहेको छ । जसको गहिराई औषतमा दुई मिटर र सिमसारको भाग धेरै रहेकाले यो तालमा प्रसस्त रुपमा कमल देख्न पाईन्छ ।
हेमन्त ऋण अर्थात जाडो मौसममा हिमाली भेगका चराचुरिङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चराहरु गर्मी छल्न गुँदे तालमा आउने गरेकै गुँदे ताललाई बर्ड वाचिङ सेन्टर अर्थात चरा हेर्ने ठाँउको रुपमा विकास गर्न सकिने जानकारी अध्यक्ष भण्डारीले दिए ।
संरक्षण र आय आर्जनका रुपमा तालको विकास गर्ने उदेश्यले केही बर्षदेखि स्थानीय सरोकारवाला संगठित रुपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य संख्या एक सय २० जना पुगेको। समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, अध्यक्ष भण्डारीले भने–आय आर्जनका लागि समितिले तालमा स्थानीय जातका माछाका भूरा छाडेको छ ।
ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्र भित्र नै माटोले पुरेर ट्रायक खोल्ने कामले यो ताल पनि मानविय अतिक्रमणको चपेटामा परेको देखिन्छ जसका लागि स्थानियहरु मौन वस्ने र सरकारी नियायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्थीत्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्न मात्र पाउने छन् ।
भीमपाणि बराल
Related News
सम्बन्धित समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
जिप दुर्घटनामा ७ जना घाइते
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१बाढीपहिरामा परी २२८ जनाको मृत्यु
असाेज १६, २०८१