युक्रेनको जित

एजेन्सी
असार २, २०७६
ukraine

युक्रेनले २० वर्ष मुनिको यु–२० विश्वकप फुटबलको उपाधि जितेको छ। दक्षिण कोरियालाई हराउँदै युक्रेनले यु–२० विश्वकप फुटबलको इतिहास समेत रचेको छ। शनिबार राति भएको खेलमा युक्रेनले दक्षिण कोरियालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो। युक्रेनले उमेर समूहको विश्वकप जितेको यो नै पहिलो हो। पोल्याण्डस्थित लोड्ज रंगशालामा फाइनल खेल भएको थियो। दुबै टिमका लागि यो फाइनल खेल पहिलो र महत्वपूर्ण थियो।

खेलको शुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा प्रतिद्धन्द्धी युक्रेनसँग दक्षिण कोरियाले हार ब्यहोरेको थियो। खेलको ५ मिनेटमै डीएरिया भित्र कोरियाली खेलाडीलाई लडाएपछि दक्षिण कोरियाले पेनाल्टी पाएको थियो।

लि काङ ईनले युक्रेनका गोलरक्षक एन्ड्री लुनिनलाई रोक्ने मौका नै नदिई बललाई जाली चुमाएका थिए।

१–० पछि परेको युक्रेनले शानदार पुनरागमन गर्दै उपाधि हात पारेको थियो। युक्रेनका लागि पहिलो हाफको ३४ मिनेटमा सुप्रिहाले बराबरी गोल गरे। पहिलो हाफ १–१ को बराबरीमा टुंगियो। दोस्रो हाफको ५२ औं मिनेटमै सुप्रिहाले व्यक्तिगत दोस्रो गोल गर्दै युक्रेनलाई अग्रता दिलाए। त्यसपछि खेलको ८९ औं मिनेटमा हेओरीले युक्रेनका लागि तेस्रो गोल गरे। उनको गोलसँगै युक्रेनले ३–१ को सहज जित निकाल्दै विश्वकपको उपाधि हात पार्यो।

Related News

सम्बन्धित समाचार

hero news full width