अन्नपूर्ण क्षेत्रमा हाइकिङ

एजेन्सी
असार २, २०७६
Hiking_Fotor

पोखरा। हाईकर्स क्लब नेपालको आयोजनामा शनिबार अन्नपूर्ण क्षेत्रमा पोखरेलीको एक समूहले हाइकिङ गरी विभिन्न स्थलको अवलोकन गरेको छ।

कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्बर ३ काँडेदेखी सुरु भएको हाईकिङ्ग अष्ट्रियन क्याम्प, पोथना हुदै माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ७ फेदीमा पुगेर सकिएको हो। पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ आयोजना गरिएको हाईकिङ्गमा १५ किलोमिटरको लामो दुरी हिडेर करिव ६ घण्टामा हाईकिङ्ग पुरा गरिएको जनाइएको छ।

विगत ३ महिनादेखि हरेक महिनाको अन्तिम शनिबार एक दिन आफ्नै खर्चमा क्लबवले हाईकिङ गराउँदै आएकोमा जेठको अन्तिम शनिबारको लागि पर्यटकीय स्थल अष्ट्रियन क्याम्पको क्षेत्रमा हाईकिङ जानको लागि क्लबले संयोजकमा ट्रेकिङ गाईड सुन्दर त्रिपाठीलाई चयन गरेको थियो।

हाईकिङ गर्दै हिडेपछि त्यहाको प्रकृति, गाँउ ठाँउको चालचलन, भेषभुषाहरुको प्रचारप्रसारमा सहयोग पुग्ने हाईकर्स क्लब नेपाल, पोखराका उपाध्यक्ष कृष्ण रानाभाटले बताए। हाईकिङ स्वास्थ्यको दृष्टिकोणका हिसावले फाईदा हुनुका साथै साथीभाई विच भाईचारा कायम र अनुभवहरु साटासाट गर्दै स्थानीय पर्यटनको प्रवर्दधनमा मद्दत पुग्ने हाईकिङमा सहभागि सञ्चारकमी तथा व्यबसायी कृष्ण क्षत्रीले जानकारी दिए। हाईकिङको टोलीमा पर्यटन व्यवसायी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु, पत्रकारहरु र बिद्यार्थीहरु गरी २५ जनाको सहभागिता रहेको थियो। पोखरामा एक दिने हाईकिङ अनिवार्य भइसकेकोले अब नियमित गर्ने योजना अनुसार आगामी असार २८ गते काहुँडाँडामा हाईकिङ्ग गर्ने निर्णय गरिएको छ। हाईकिङमा जानको लागि आफ्नो खर्च आफैले गर्नुपर्ने र क्लबले सहजीकरण मात्र गर्ने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width