बेनी–जोमसोम सडक स्तोरोन्नतिमा ढिलासुस्ती

आदर्श समाज सम्वाददाता
असार १, २०७६
eee

म्याग्दी, १ असार । पर्यटकीय र ब्यापारिक केन्द्रको प्रचुर सम्भावना रहेका मुस्ताङमा कालीगण्डकी करिडोर अन्तर्गत बेनी– जोमसोम सडक आयोजना निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ।

प्रदेश ४ को “लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी करिडोर सडक योजनामा निर्माण काम भईरहेपनि पूर्वाधार निर्माणमा ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने भएको हो ।

करिडोर पाँच अर्ब रुपैयाको लागतमा म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम हुदै चीनको सिमाना कोरला नाका जोड्ने १८६ किलोमिटर दुरीको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

गण्डकी प्रदेशको गौरवको आयोजना २०७७ मंसिरसम्म सम्पन्न गर्नुपर्ने बेनी जोमसोम सडक अन्तर्गत गलेश्वर देखि नारच्याङका सडक निर्माणको ठेक्का लिएको युनाईटेड विल्डरले ४२ प्रतिशत काम सम्पन्न गरेको साइर्ड प्रमुख बलराम अर्यालले जानकारी दिए ।

अर्यालले २२ महिनाभित्र काम सम्पन्न गर्न सडक निर्माणमा आवश्यक मेशिनरी साधनहरु प्रयाप्त मात्रामा प्रयोग गरेको जानकारी दिएपनि श्रमिक जनशक्ति कम प्रयोग र सहज क्षेत्रमा पुर्वाधार निर्माणको कामले मात्र समयमा काम सम्पन्न नहुने देखिन्छ ।

जोमसोम देखि कोरला सम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७७ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ । ११ वटा खण्डमा बिभाजन गरिएको सडक योजनामा परिचालित निर्माण कम्पनीले मोटरेपुल निर्माण लगायतको पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन् । सडक निर्माणमा गुणस्तर भन्दापनि जथाभावि मेसिनरी सामानहरु प्रयोग गरेर कमाउने शैली मात्र देखिन्छ । श्रमिकसंख्या न्युन परिचालन गरेर समयमा करिडोर सम्पन्न नहुने स्थानीय सरकारले बताउछन् ।

सडक निर्माण निस्केको ढुङ्गा र माटो जथाभावि फाल्नाले बर्खायाम लागेसंगै, जोखिमयुक्त ठाउँमा पर्खाल नलगाउनाले पहिरो र पुल समयमा नबन्दा खोलाहरु बढ्दा गाडी रोकिने समस्याले पर्यटकीयस्थल हिमालपारीको जिल्ला जाने पर्यटकलाई सास्ती भएको छ ।

कालीगण्डकी कोरिडोर सडकको स्तरोन्नति समयमा सम्पन्न गरेर प्रदेशको समृद्धिको यात्रालाई टेवा पूग्ने आश गरिएपनि ठेकेदारको बेवास्ता, प्रयाप्त बजेट र भौगोलिक बनावटमा कामदारको न्यून संख्याले कालिगण्डकी करिडोर सडक योजना समयमा सम्पन्न नहुने देखिन्छ ।

धिरन खत्री

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width