महासंघको टोली रामकोट सामुदायिक होमस्टेमा

आदर्श समाज सम्वाददाता
असार १, २०७६
mahasang

पोखरा, १ असार । अन्तरसमाज महासंघको एक टोली तनहूँको बन्दीपुर ३ स्थित रामकोट सामुदायिक होमस्टको अवलोकन भ्रमण गरेको छ ।

महासंघका सदस्यहरुबीच आत्मीयता प्रगाढ बनाउने, विभिन्न जातजातिको संस्कृति तथा ग्रामिण भूधरातलको वस्तुस्थिति बुझ्ने बुझाउने उद्देश्यका साथ होमस्टे अवलोकन गरिएको महासंघका कोषाध्यक्ष युमराज अगस्तीले जानकारी दिएका छन् । महासंघकी अध्यक्ष मञ्जु पौडेल भट्टराईको नेतृत्वमा १५ जनाको टोली होमस्टे पुगेको थियो ।

टोलीमा कार्यक्रम संयोजक तथा सदस्य शोभाकर थापा (कोपिला), प्रथम उपाध्यक्ष भानु भण्डारी क्षितिज, महासचिव विजयकुमार प्रधान विपुल, कोषाध्यक्ष युगराज अगस्ती, सदस्य प्रेमशंकर बरुवाल, फत्तेजंग गुरुङ, चन्द्रा पराजुली, शारदा गौतम लगायत सहभागी थिए ।

उक्त अवसरमा टोलीले तनहुँको पर्यटकीयस्थल बन्दीपुरसमेत अवलोकन गरेको सदस्य फत्तेजंग गुरुङले जानकारी दिए । महासंघकी अध्यक्ष भट्टराईले पारिवारिक वातावरणमा होमस्टे र बन्दीपुर अवलोकन भ्रमण होमस्टे प्रवद्र्धनमा टेवा पुग्नुका साथै महासंघका सदस्यबीच आत्मीयता बढाउन महत्वपूर्ण भएको बताइन ।

रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष विहीसाहरा आलेले महासंघ टोलीको होमस्टे आगमनले होमस्टे प्रवद्र्धनमा सघाउने दावी गरिन । उनले आगामी दिनमा पनि होमस्टे आउन र अन्यत्र पनि होमस्टेको प्रचार गरिदिन आग्रह गरिन ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width