सहकारी मार्फत समृद्धिकाे प्रतिवद्धता

एजेन्सी
असार १, २०७६
Bihdi p

पर्वत, १ असार । चर्को ब्याज लिने गरेको आरोप खेपिरहेका सहकारीबाट नै आर्थिक समृद्धिको परिकल्पना सरकारले गरेको छ ।

केपी नेतृत्वका सरकार हुन वा गाउँपालिका र नगरका प्रमुखले सहकारीको सहकार्यलाई प्रभावकारी वनाउन जोड दिइरहेका छन् । यसैक्रममा पर्वतको बिहादी गाउँपालिकाले स्थानीय तहको आर्थिक विकासका लागि सहकारी माध्यम नै उपयुक्त विकल्पको रुपमा लिएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषलले सहकारीका माध्यमबाट नै गाँउको आर्थिक उन्नती गर्ने बताएका छन् । गाउँपालिकाले सहकारी कमीृका लागि तीन दिने तालिम समेत संचालन गरेको छ । स्थानीय रुपमा खेर गैरहेका स्रोतहरुको पहिचान गरी तिनीहरुको उचित परिचालनमार्फत जनतालाई आयआर्जनमा लगाउने तथा निर्यात वृद्धि गरी आयात प्रतिस्थापनका लागि सहकारी मार्फत काम गरिने अध्यक्षको भनाई छ ।

सहकारीमार्फत सदस्यहरुलाई उत्पादनमा सक्रिय, उत्पादित वस्तुको संकलन गर्न गाउँपालिकाले सहयोग गर्ने छ, उनले भने–सहकारीकर्मीलाई योजना ल्याउन आग्रह गर्छु । विकासका लागि साझेदारी आवश्यक छ भन्दै उनले सरकार, सहकारी र निजी क्षेत्रबीच जति धेरै सहकार्य गर्न सकिन्छ त्यति नै छिटो विकास संभव रहेको दावी गरे ।

तालिमका प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीले सदस्यहरुसंग रहेको श्रम, सीप र पूँजीलाई अधिकतम परिचालन गरी थप आयआर्जन गर्न सहयोग पु¥याउने बताए । सहकारीलाई वेवास्ता गरे स्थानीय तहले आर्थिक विकास गर्न नसक्ने जिकिर उनको छ ।

गाउँपालिका अन्तरगत ६ वटै वडामा सञ्चालित सहकारीका अध्यक्ष, सचिव लगायत सञ्चालक गरी ४५ जनाले तालिममा सहभागिता जनाएका थिए । तालिममा सहकारीको विकासक्रम, सहकारी ऐन, नियम र विनियम, संचालन, शेयर सदस्य, कर्मचारीको भूमिका, वचतको महत्व, कर्जा जोखिम लगायतको विषयमा सहजीकरण गरिएको थियो ।

बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले गाउँपालिकामा ३१ वटा सहकारी संस्थाहरु रहेको र ति सबै सहकारीलाई क्रियाशील बनाउदै उत्पादन वृद्धि, बजारीकरण, प्रशोधन र आयआर्जन वृद्धिमा योजना बनाउने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width