प्रेम दिवस भर्सेज झट्का

आदर्श समाज सम्वाददाता
असार १, २०७६
Prem Diwas & Jhatka_Fotor

नेपाली फिल्म ‘प्रेम दिवस’ र ‘झट्का’ एकसाथ प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिज अन्तर्गत यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन्। बिनाप्रचार प्रदर्शनमा आएका यी फिल्मका विषयवस्तु र कलाकार भने भिन्न रहेका छन्।

‘प्रेम दिवस’मा ‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीको को मुख्य भूमिका रहेको छ। ‘प्रेम दिवस’ त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको हो।

योगेश घिमिरेले निर्देशन गरेको फिल्मबाट विशाल खरेलले अभिनयमा डेब्यू गरेका छन्। प्रदीप भारद्वाजको लेखन, सञ्जय न्यौपानेको निर्माण रहेको ‘प्रेम दिवस’ले सिंगल थियटर र मल्टिप्लेक्सका थौरै हल पाएको छ।

‘झट्का’मा रमेश बिसुङखेको निर्देशन रहेको छ। ‘झट्का’ उनकै कथामा निर्माण भएको फिल्म हो। काठमाडौँको रात्री जीवनको कथा विषयको रुपमा उठाएको फिल्ममा सुरवीर पण्डित, श्यामलाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतको अभिनय छ। फिल्ममा सुरवीरको गेटअप निकै फरक छ। यसमा उनले नेगेटिभ रोल निभाएका छन्।

जीवन पराजुलीले छायाँकन गरेको फिल्मको निर्माता तुलसीलाल नेवा हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width