सिलाइकटाइ व्यवसायी अनिवार्य भ्याट खारेजीको माग गर्दै विरोधमा उत्रिएका छन्। सरकारले बजेट भाषणमा उल्लेख गरेको सिलाइकटाइ व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गराउने व्यवस्था खारेजीको माग गर्दै लमजुङका व्यवसायीले विरोध र्याली निकालेका हुन्।
विरोध र्यालीसहित उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र समेत पठाएका छन्।
वेशीशहरमा भेला भएका सिलाइ कटाइ व्यवसायीले विरोधस्वरुप कालो ब्यानर लिएर प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन्।
आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्तुत नेपाल सरकारको आर्थिक बजेटमा सिलाइकटाइ व्यवसायलाई भ्याटमा दर्ता गराउने नीति सार्वजनिक भएको थियो।
सरकारले ल्याएको यस्तो नीतिले साना व्यवसायीलाई मर्का पर्ने भन्दै उक्त नीति तत्काल लागू नगर्न व्यवसायीले माग गरेको नेपाल कपडा सिलाइ तथा व्यवसायी संघ जिल्ला शाखा लमजुङका अध्यक्ष गोपाल परियारले जानकारी दिए।
उनका अनुसार भ्याटमा दर्ता हुनुपर्ने भन्ने आशयको बजेट नीति सार्वजनिक गरिएकोले उक्त नीति सिलाइकटाइ पेशा व्यवसायको हितको प्रतिकूल हुने भन्दै तत्काल लागु नगर्न माग गरिएको छ। नेपालको भौगोलिक अवस्था, व्यवसायीको अवस्थालई समेत हेरिकर निर्धारणका लागि थ्रेसहोल्ड कायम गरी करको दायरा कायम गर्नु पर्नेमा सो तर्फ विचार नगरी सबै व्यवसायीका लागि समान रूपमा लागू हुँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएका व्यवसायीले जनाएका छन्।
आफ्ना मागप्रति सरकारले ध्यान नदिएमा विभिन्न चरणका अन्दोलनको कार्यक्रममा उत्रिन बाध्य हुनेसमेत व्यवसायीले चेतावनी दिएका छन्। व्यवसायीको प्रतिनिधिले नेपाल सरकारका सम्बन्धित निकाय, सरोकारवालासँग कपडा सिलाइकटाइ पेशा तथा व्यवसायीको अवस्थाबारे पटक–पटक जानकारी गराएको पनि उल्लेख गरेका छन्।
यसैगरी सम्बन्धित निकायवाट पेशा व्यवसायीको वास्तविक पहिचान गरी दुरदराजमा रहेका, कतिपय स्थानमा आज पनि बालीघरेकै रुपमा कायम रहेका व्यवसायी, साना मझौलारुपमा व्यवसाय गरी आएका व्यवसायी रहेको अवस्थामा सरकारवाट सोहीअनुरुप कार्यनीति तय गर्ने प्रतिबद्धता जाहेर गरी आएकोप्रति सरकारलाई ज्ञापनपत्रमा स्मरण गराएको व्यवसायीले बताएका छन्।
संघ लमजुङ शाखा अध्यक्ष गोपाल परियारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन जाने टोलीमा जिल्ला उपाध्यक्ष विकास परियार, जिल्ला सचिव सोमराज परियार, निवर्तमान अध्यक्ष कृष्ण परियार, जिल्ला सदस्य टीकाराम परियार लगायत रहेको सचिव सोमराज परियारले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो
चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
पोउवा संघमा २ सदस्य मनोनित
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१