घरबास मेला सम्पन्न

आदर्श समाज सम्वाददाता
असार १, २०७६
VTOF_Fotor

नेपाल पर्यटन बोर्डको आयोजना र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको सह–आयोजनामा ग्रामीण पर्यटन मेला शनिवार पोखरामा सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको मेलामा राखिएका ३३ वटा घरबासका स्टलमा पोखरेली पर्यटन व्यवसायी र अन्य आगन्तुकले घरबास सेवाबारे जानकारी लिए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मेलाको उद्घाटन गरेका थिए भने बोर्डका गण्डकी प्रदेशका प्रमुख निर्देशक मणिराज लामिछानेले सहभागी घरबास व्यवसायीलाई शनिवार प्रमाणपत्र प्रदान गरी मेला समापन गरे।

मेलाका अवसरमा व्यवसायीलाई तालिम, उत्साहप्रद प्रवचन र अतिथि सत्कारका बारेमा विभिन्न व्यक्तित्वले जानकारी गराएको भिटोफ गण्डकी अध्यक्ष रवीवन्द्रराज पौडेलले जानकारी दिए। २०७३ सालमा पनि बोर्डले यसप्रकारको मेला पोखरामा आयोजना गरेको थियो।

पर्यटन माध्यमबाट ग्रामीण जनजीवन उकास्न प्रदेश सरकारको योजनाअन्तर्गत यस वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा २ सय ७३ वटा घरबास प्रवद्र्धन गरिएको छ।

घरबास संचालित प्रत्येक गाउँमा १० लाख रुपैयाँ दरले २७ करोड ३० लाख रकम प्रदेश सरकारले वितरण गरिसकेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width