दुव्र्यवहारविरुद्ध दिवस

आदर्श समाज सम्वाददाता
असार १, २०७६
b41917674c9d7c0efd1504cc52344db6_Fotor

म्याग्दीमा पहिलो पटक जेष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्धको दिवस मनाइएको छ।

१४ औं विश्व चेतना दिवसको अवसरमा बेनी नगरपालिकाको आर्थिक सहयोग तथा श्री कृष्णागण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्र म्याग्दीको आयोजनामा शनिवार सो दिवस मनाइएको हो।

कार्यक्रम उद्घाटन गर्दै बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठले वृद्धवृद्धा अर्थात जेष्ठ नागरिक जिउँदा देवी देवता भएको बताए।

शारीरिक, मानसिकरुपमा मात्र नभई विकासवादमा आधारित मनोविज्ञानमा पनि ६० वर्ष भन्दा बढी उमेर समूहका मानिस ज्येष्ठ नागरिक भएकोले उनीहरुलाई शारीरिक, मानसिकरुपमा मात्र नभई सार्वजनिक सेवा सुविधामा पनि सम्मानपूर्वक प्राथमिकता दिइनुपर्ने उनको भनाइ छ। मेयर श्रेष्ठले पछिल्लो समय सन्तानले अभिभावकलाई बोझको रुपमा सम्झने र उनीहरुलाई दुव्र्यबहार गर्नुका साथै विभिन्न बाहनामा वृद्धाश्रम पठाउँने प्रवृत्ति बढेकाले यसको अन्त्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले जेष्ठ नागरिकको हकहित र अधिकारका लागि संस्था स्थापना भएको बताए।

उनले हरेक सन्तानले घर परिवार, समाजमा ज्येष्ठ नागरिकलाई मानसिक, शारीरिक तथा आर्थिक रुपमा सम्मानपूर्वक जिउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। त्यस अवसरमा नागरिक समाजका संयोजक अधिवक्ता सुदर्शनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नैनकुमार श्रेष्ठले स्वागत र सचिव पूर्णबहादुर जिसीको संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width