‘मिडिया विधेयकविरुद्ध पत्रकार एक भएर आन्दोलित हुनुपर्छ’

आदर्श समाज सम्वाददाता
असार १, २०७६
press union_Fotor

नेपाल पे्रस युनियन केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सरकारले संसद्मा ल्याएको मिडिया विधेयकविरुद्ध पत्रकार एक भएर आन्दोलित हुनुपर्ने बताएका छन्।

युनियन कास्कीले पोखरामा शनिबार आयोजना गरेको गण्डकी प्रदेशका युनियन आबद्ध पत्रकारबीच छलफलमा सो कुरा बताएका हुन्।

उनले मिडिया विधेयकले पत्रकारका हकअधिकारभन्दा जनताको हकअधिकार हनन् हुने बताए।

कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला अध्यक्षसहितका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा श्रमजीवी पत्रकारका बारेमा समेत छलफल भएको थियो।

युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य टंक अधिकारी, पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओम शर्मा, पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजङ्ग थापा, पर्वतका अध्यक्ष छविलाल तिवारी, नवलपरासीका अध्यक्ष ओमराज रानाभाटले बोलेका थिए।

पत्रकार महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य कैलाशबाबु श्रेष्ठ, प्रेस युनियन बागलुङ उपाध्यक्ष संगम घर्तीमगर, वसन्त अधिकारी, पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य प्रकाश ढकाल, पत्रकार डम्बर अधिकारी, पत्रकार हिमनिधि लौडारी, प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले लोकतन्त्रमा पत्रकारको भूमिका अहिलेको सरकारले बिर्सिएको आरोप लगाएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै